२ मंसिर, हेटौँडा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट पक्षका मागबारे लचिलो भएर अघि बढ्न नेकपा एमालेलाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेस मकवानपुरले विहिबार हेटौडामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले संविधान कार्यान्वयनका लागि पनि असन्तुष्ट पक्षमा माग सम्बोधन गर्नुपर्ने बताए । संविधान जारी गर्ने प्रमुख तीन दलले कार्यान्वयनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिंदै उनले समस्या समाधानका लागि एमाले लचक भएर अघि बढ्नुपर्ने बताए ।
नयाँ संविधानले दिएका संघियता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता विषयलाई संस्थागत गर्नुपर्ने अवस्थामा राजनैतिक दलले आफ्नो अडान मात्रै राखेर बस्न नहुनेमा उनको जोड थियो । ‘प्राप्त उपलव्धीलाई संस्थागत गर्ने बेलामा आँठो, किलो मात्रै समाएर हुन्छ, सबै लचक हुनुपर्यो ।’–उनले भने । उनले संविधानले तोकेको समयमा ३ तहको निर्वाचन गर्नुपर्ने भएकाले यसका लागि असन्तुष्ट पक्ष र संविधान जारी गर्ने दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।
मधेश, लोकतन्त्र र काँग्रेस एक अर्काका पुरक भएकाले मधेशका असन्तुष्टीलाई काँग्रेसले गम्भिरतापूर्वक समाधानमा लागेको बताए । मधेशमा संविधानका बारेमा रहेका गलत धारणाको अन्त्यका लागि आफु मधेश दौडाहामा निस्किएको नेता पौडेलको भनाई थियो । कार्यक्रममा पूर्व केन्द्रिय सदस्य शोभाकर पराजुलीले गौतम बुद्धपछि नेपालमा विपि कोइरालालाई सम्झने गरेको भन्दै उनको सिद्धान्तमा अघि बढ्न कार्याकर्तालाई सुझाव दिए ।
नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका जिल्ला नेता, चितवनसहित विभिन्न जिल्लाका नेता, मकवानपुरका विभिन्न क्षेत्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...