Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

जनकल्याणको अध्यक्षमा हिमाल विजयी

Himal-Paudel-1509227995.jpg

१२ कार्तिक, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा हिमाल पौडेल विजयी भएका छन् । 
आइतबार विहान सम्पन्न मतगणना अनुसार पौडेल २ सय ३ मतले विजयी भएका हुन् । पौडेलले ६ सय ४७ मत ल्याए भने उनका निकटतम प्रतिष्पर्धी नारायणप्रसाद अधिकारीले ४ सय ४४ मत ल्याएका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा दिपनराज आचार्य विजयी भएका छन् । उनले ५ सय ७६ मत ल्याए भने निकटतम प्रतिष्पर्धी जयराम घिमिरेले ३ सय १५ मत ल्याएका छन् । 
खुल्ला सदस्यमा तेजप्रसाद भट्टराई, तेजप्रसाद तिवारी, लक्ष्मण सापकोटा र प्रदिप ढुंगाना विजयी भएका छन् । महिला सदस्यमा हिरादेवी महर्जन, रेखा मैनाली र निर्मला अर्याल विजयी भएको निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले जानकारी दिए । यसअघि, संस्थाको उपाध्यक्षमा श्यामप्रसाद भट्टराई, सचिव मिना अधिकारी, कोषाध्यक्षमा चेतनाथ खतिवडा, लेखा सुपरिवेक्षण समिति सदस्यमा राजकुमार बास्तोला र रामशरण पौडेल निर्विरोध भएका थिए ।
विजय घोषणा कार्यक्रममा निर्वाचन अधिकृत पाठक, सदस्यहरु बद्री भण्डारी, अश्विन अर्याल, हेटौँडा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, संस्थाका पूर्व अध्यक्ष रघुप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो । एक हजार ६ सय १६ शेयर सदस्य रहेको संस्थाको निर्वाचनमा एक हजार एक सय ३४ मत खसेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

थप समाचार