३ असोज,हेटौडा। ३ नम्बर प्रदेश सदस्य ओम घलानले जेसीज सस्थाबाट नेपालका राजनीतिक दलहरुले धेरै कुरा सिक्नुपर्ने बताएका छन् ।
बस्तिपुर जेसीज हाडीखोलाको जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मुलुकमा तीन तहको निर्वाचन भएपनि केन्द्रीय सरकार पुरानै ढाचामा चलिरहेको गुनासो गदै कानुनको अभावमा स्थानीय तह समेत अन्यौलमा परेेेेको बताए। जीवन ब्यबहारमा प्रत्याभुत हुने गरी संविधान कार्यान्वयन आवश्यक रहेको उनले धारणा राखे । आफ्नु तर्फबाट जेसीज र मकवानपुरको कुनै पनि स्थानमा सहयोग गर्न तयार रहेको प्रदेशसभा सदस्य घलानले बताए । जेसीज अध्यक्ष राममणी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष अन्जनीकुमार पराजुली, बस्तिपुर जेसीज सस्थापक अध्यक्ष गणेशप्रसाद भेटवाल, बर्ष सन् २०१४ का अध्यक्ष बसन्तकुमार सिटौला, हेटौंडा जेसीजका अध्यक्ष रबि नेपाल, लेडी जेसीज अध्यक्ष गमला राजभण्डारी (अस्मिता), नेपाली काङ्ग्रेस वडा सभापति धनबहादुर गुरुङ, जनहित सामुदायिक वन अध्यक्ष मनहरी बर्तौला, निर्मल माविका प्राचार्य प्रबोध बिडारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । जेसीज सप्ताहको "बेष्ट कार्यक्रम संयोजक अवार्ड" रक्तदान कार्यक्रम संयोजक शिवराज उप्रेतीले प्राप्त गरे । कार्यक्रममा कार्यक्रम संयोजक तथा विभिन्न प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वितरण गरिएको जेसीज सप्ताह मुल कार्यक्रम संयोजक ज्योतिराज लुइँटेलले बताए । कार्यक्रम सुनिल अधिकारीको सम्योजकत्वमा भएको थियो ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...