Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मनहरी गाउँपालिका

प्रथम लामिटार कपको उपाधी आयोजकको पोल्टामा        

 खेल मैदानलाई व्यवस्थित गर्न पहल गर्छुः बानिया 

44292592_257544251500485_-1539743302.jpg


३१ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका ३ हाडीखोलामा सन्चालन भएको प्रथम लामिटार कप फुटबल प्रतियोगिता २०७५ को उपाधी आयोजक लामिटार यूथ क्लवको पोल्टामा परेको छ ।

मङ्गलबार भएको फाइनल भिडन्तमा सुनाचुरीको सयपत्री युवा क्लवलाई टाइब्रेकरमा ५का विरुद्ध ३ गोल अन्तरले हराउँदै आयोजकले उपाधी कब्जा गरेको हो । निर्धारित ९० मिनेटको  समय खेल दुई दुई  गोलको बराबरीमा टुङ्गिएपछी  खेल टाइब्रेकरमा धकेलिएको थियो । लामिटारका पाचै जना खेलाडीको प्रहार गोलमा परिणत हुँदा सुनाचुरीका एक खेलाडीको प्रहार लामिटारका गोलरक्षक इश्वर रिजालले रोकेका थिए । 
आयोजक लामिटारले प्रथम लामिटार कपको उपाधिसहित नगद ५० हजार रुपैयाँ हात पार्दा सुनाचुरी २५ हजारमा चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक लामिटारका इश्वर रिजाल, उत्कृष्ट डिफेन्डर सुनाचुरीका उत्तम श्रेष्ठ बेष्ट मिड्फिल्डर लामिटारकै अबिनास राई र बेष्ट फरवार्ड लामिटारकै टिम क्याप्टेन सुमन राई घोषित भए । बेष्ट खेलाडीहरुलाई ट्रफीसहित नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । बिजयी तथा उत्कृष्ट खेलाडीलाई ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, क्लव अध्यक्ष गणेशदर्पण अधिकारीलगायतले ट्रफी, नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी बानियाँले लामिटारको खेल मैदानलाई व्यवस्थित गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

पुरस्कार वितरण कार्यक्रममा बानियाले   चौरलाई थप ब्यवस्थित बनाउदै सुबिधासम्पन्न खेल मैदानको रुपमा विकास गर्न  एन्फामा  पहल गर्ने बताए  साथै उनले  उक्त चौरलाई  मनहरी गाउँपालिकाकै नमुना खेलमैदानको रुपमा विकास गर्ने प्रतिव्द्धता व्यक्त गरे बानिया त्यसै क्षेत्रबाट निर्वचत प्रदेश संसद हुन उनले  नेकपामा उमेदवार राजा राम स्याताङलाई हराएका थिए । प्रतियोगिताको लागि उनले प्रथम पुरस्कार रकम ५० हजार सहयोग उपलब्ध गराएका थिए । 
कार्यक्रममा बोल्दै  मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरी गाउँपालिकालाई कृषि, पर्यटनसङ्गै खेल क्षेत्रमा समेत विकास गरिने बताए । क्लव अध्यक्ष गणेश दर्पण अधिकारीले मैदानलाई थप व्यवस्थित बनाउदै आगामी बर्ष पुरस्कार राशी समेत बढाउदै प्रतियोगिता सन्चालन गर्ने बताए । कार्यक्रममा प्रतियोगिताका सहयोगीहरुलाई कदरपत्र प्रदान गरिएको थियो । क्लवले प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई सम्मान गरेको थियो । समापनमा दोस्रो पुरस्कारका सहयोगी चिरञ्जीवी ढकालका प्रतिनिधि अर्जुनप्रसाद पुडासैनी, क्लवका सल्लाहकार रघुनाथ खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए भने नेपाली काङ्ग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, सहयोगी नवराज उप्रेती, पर्सा राष्ट्रिय निकुञ्ज काउन्सिल अध्यक्ष पदम तितुङ्ग, लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष गोपी अर्याल, स्थानीय समाजसेवीहरुलगायतको आतिथ्यता थियो ।
 

44128941_286941432029871_-1539743302.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार