Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

बालविवाह रोक्न मनहरीका अध्यक्ष कालाखेति आफैं एक्सनमा

Screenshot_20230721_19215-1706882234.jpg

१९ माघ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिको सक्रियतामा हुन लागेको बाल बालविवाह रोकिएको छ । मनहरी-५ की १६ बर्षीया बालिकासंग उदयपुरको त्रियुगा नगरपालिका-८ का २१ बर्षीय युवकसंग विवाह हुन लागेको जानकारी पछि मनहरीका जनप्रतिनिधि र सरोकारवाला निकायको सक्रियतामा विवाह रोकिएको हो ।
माघ १४ गते गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्याल, सिविन नेपाल मकवानपुरका संयोजक झविन्द्र ज्ञवाली, बाल अधिकार समिति मनहरीका सदस्यहरु देवकी ढुङ्गाना, अस्मिता कार्की, वाल सन्जालका सल्लाहकार अन्जन सापकोटा उदयपुर गएर त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरी घरमा पुगेर परिवारलाई सम्झाई बुझाई गरेर बालिकालाई माघ १८ गते घर फर्काइएको थियो ।
सामाजिक सञ्चालबाट प्रेम सम्बन्धमा पुगेका उनीहरु मनहरीबाट पुस २५ गते भागेर उदयपुर पुगेका थिए । २७ गते मनहरी बाल सञ्जालले जानकारी पाएर वडा र पालिकामा ध्यानाकर्षण पत्र बुझाएपछि उहाँहरुको खोजी भएको थियो । उमेर नपुगेकाले उमेर पुगेपछि मात्रै विवाह गर्न परिवारले बालिकालाई बुझाउने प्रयास गरेपनि बालिकाले आत्महत्या गर्ने धम्की दिएको र पछि मनहरीबाट उदयपुर भागेको पारिवारीक स्रोतले जानकारी दिएको छ । बालिका बाल क्लवल सञ्जालको सदस्य समेत रहेकी थिइन । बालिकाको आमा मनहरी गाउँपालिका पूर्व कार्यपालिका सदस्य समेत हुन् ।
नेपालमा २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई कानुनले अवैधानिक मानेको छ । नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने/गराउने सबै पक्षलाई ३० हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । पालिकामा चालु आर्थिक बर्षमा १४ वटा बालविवाह हुन लागेकोमा ११ वटा बालविवाह रोक्न सफल भएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार