Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

यस्तो छ ढकाल हत्याको प्रारम्भिक घटना विवरण

मनोहर-1547880954.JPG

५ माघ, हेटौँडा । मकवानपुर प्रहरीले पत्रकार एवं शिक्षक मनोहर ढकालको हत्यामा संलग्न ४ जनालाई शनिबार सार्वजनिक गरेको छ । घटना भएको दुई सातामा प्रहरीले घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाईएको छ । 
प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई सार्वजनिक गर्ने क्रममा दिएको प्रारम्भिक घटना विवरण यस्तो छ ।

v वारदात मिति, समय : २०७५।०९।२५ गते अं १७:३० बजेको समयमा 
v घटनास्थल – जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.१ भैरवडाडा जंगलमा
v कसुर – ज्यान सम्बन्धी
v घटनाको अनुसन्धानको लागि प्र.नि. मधु कुमार थापा समेत ७ जनाको टोली अनुसन्धानमा खटिएको ।
अनुसन्धानको बिधी – प्रारम्भिक अनुसन्धान घटनास्थल मुचुल्काको क्रममा तालिम प्राप्त म्यन को प्रयोगबाट शंकित व्यक्ति भागेको बाटोको सहि दिशाको मार्ग निर्देशित भएको । पटक–पटक घटनास्थलको अवलोकन । अन्दाजी १५० जना व्यक्तिसंग सोधपुछ । केही व्यक्तिहरुको निगरानी । प्रविधीको बिषेश प्रयोग ।
पक्राउ व्यक्ति
    संलग्न व्यक्ति
जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.११ बस्ने राजन पुडासैनीको छोरा बर्ष १९ को अनमोल पुडासैनी 
जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं.१ बस्ने पदम वाईबाको छोरा बर्ष १८ को  प्रविण वाईबा 
    समान खरिद कर्ता
जिल्ला मकवानपुर भिमफदी गा.पा. वडा नं.६ बस्ने बर्ष ३१ को दिनेश थापा मगर (दिनेश मोबाईल एण्ड ईलेक्ट्रोनिक सेन्टरका संचालक)
जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.२ बस्ने बर्ष ४८ को नारायण बहादुर सुनार (नारायणी सुनचाँदी पसलका संचालक)
बरामद समान –
सुनको औठी थान १,  Vivo कम्पनीका मोबाइल थान १, हार्ड डिक्स र डाटा केवल
कारवाही – मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्ग कसुर गरेको हुँदा जन्म कैद समेत हुने ।
अपराध पृष्ठभुमी  
मिति २०७५।०९।२५ गते साँझको १७:१३ बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.१ मा ऐ.ऐ. वडा नं.११ बस्ने बर्ष ४२ को मनोहर ढकाल घाईते छ भनि अमृत वाग्लेले प्रहरीलाई जानकारी गराई यस कार्यालयबाट प्र.नि. समेतको टोली घटनास्थलमा १७:३० बजे पुगेको ।
मनोहर ढकाललाई घटनास्थलबाट तत्काल हेटौडा अस्पतालमा ल्याएको ५ मिनेट पछि डाक्टर मृत्यु घोषणा गरेको ।
जु.प्र.अ.को कमाण्डमा तत्काल टोली खटाई घटनास्थल सुरक्षित राखिएको ।
मिति २०७५।०९।२६ गते बिहान ०७:०० बजेको समयमा प्र.नि. मधु कुमार थापा समेतको टोली घटनास्थलमा खटि गई घटनास्थल मुचुल्का समेत गरी अनुसन्धान सुरु गरेको ।
मिति २०७५।०९।२६ गते बिहान ०८:३० बजेको समयमा घटनास्थलको अनुसन्धानको लागि अपराध संग सम्बन्धित dog शाखाको बिशेषज्ञ सहितको dog को प्रयोग गरिएको ।
घटनास्थलबाट मृतकको M लेखेको सुनको औठी, मोबाईल र हार्ड डिक्स लगाएत लुटि लगेको ।
घटनासंग सम्बन्ति ईलाकाको १५० जना बढी व्यक्तिहरुसंग सोधपुछ गरेको तथा घटनास्थलको पटक–पटक अवलोकन गरिएको ।
घटना सम्बन्धमा मृतक लगायत शंकास्पद व्यक्तिहरुको फोन नं।हरुको अनुसन्धानको शिलशिलामा प्राबिधीको बिशेष प्रयोग गरेको ।
मिति २०७५।१०।०४ गते १३:३० बजेको समयमा मृतकको मोबाईल फेला पारी दिनेश मोबाईल एण्ड ईलेक्ट्रोनिक सेन्टर पसलबाट बर्ष ३१ को दिनेश थापा मगरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.११ बस्ने बर्ष १९ को अनमोल पुडासैनीसंग रु.१०,०००।–मा खरिद गरेको कुरा बताएको, नागरिकताको छायाँकपी समेतबाट खुलेको ।
अनुसन्धान गर्दै जाँदा मिति २०७५।१०।०४ गते १७:०० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.४ स्थितबाट घटनामा संलग्न मुख्य अनमोल पुडासैनी, प्रविण वाईबालाई पक्राउ गरेको ।
v पक्राउ व्यक्तीहरु संग सोधपुछ गर्दा 
मिति २०७५।०९।२५ गते साँझ अं. १६:४५ बजेको समयमा हामीहरु बसी गफ गरी रहेको ठाँउमा निज मनोहर ढकाल आई आई भाईहरु तिमीहरु जंगलमा किन बसेको बदमासी गर्न बसेको हो प्रहरीलाई बोलाई दिउ भनी हामीलाई धम्क्याउदा हामीले पनि किन त्यस्तो भनेको भनि हाम्रो बिचमा बाद बिवाद भईरहदा निजको हातमा रहेको सुनको औठी र झोला समेत बोकेकोले प्रलोभनमा परी निजले चलाएर आएको ना २३ प ६३३८ नं.को डिस्कभर मोटरसाईकल स्टार्ट अवस्थामा नै रहेको अवस्थामा हात समाती तानी लडाई घाटी थिची निजले लगाएको M लेखेको सुनको औठी, पर्स, हार्ड डिक्स र झोला समेत खोसी मुखमा मुक्काले हिर्काई मार्ने नियतले घटनास्थलमा ढुंगा भएको खोल्सीमा धकेली दिएको र मोबाईल, सुन र पर्समा भएको रु.५००।–लिई पर्स खोल्सीमा फालेको, झोलामा केही नभएकोले झोला पनि फाली हार्ड डिक्स समेत लिई घटनास्थलबाट फरार भएको ।
मिति २०७५।०९।२६ गते जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.२ स्थित नारायणी सुनचाँदी पसलमा M लेखेको सुनको औठी बेचेको र उक्त सुनचाँदी पसलका संचालक बर्ष ४८ को नारायण बहादुर सुनारको पसलबाट उक्त औठी बरामद गरी निजलाई नियन्त्रणमा लिएको ।
हार्ड डिक्स र डाटा केवल जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं.४ एनसेल कार्यालय पछाडी मदन रिजालको घरकोठा भाडामा लिई बस्ने गरेको अनमोल पुडासैनीको डेराकोठाबाट बरामद गरेको ।
v घटनाको बारेमा थप अनुसन्धान भईरहेको ।

यो पनि पढ्नुस्

ढकाल हत्याका आरोपित पक्राउ

यस्तो छ ढकालको मुत्यु भएको स्थल(तस्विर सहित)

              हेटौँडामा भएको दुर्घटनामा ढकालको मृत्यु

 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार