Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

राजदेवी सप्ताहमा ३३ लाख बचत

Rajdevi-1517659173.jpg

२० माघ, चौघडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माध्यमिक विद्यालयले संचालन गरेको श्रीमदभागवत धान्याचल सप्ताह ज्ञानमहायज्ञमा ३३ लाख ४२ हजार ८ सय ४१ रुपैयाँ बचत भएको छ । शनिवार विद्यालयमा आयोजित सप्ताहको आय–व्यय विवरण सार्वजनिक तथा सम्मान कार्यक्रमको अवसरमा आर्थिक उपसमितिका संयोजक मधुसुदन न्यौपानेले बचत रकमबारे जानकारी दिएका हुन् । सप्ताहमा ४३ लाख ६२ हजार ९ सय ८७ आम्दानी र १० लाख २० हजार १ सय ४६ खर्च भएको संयोजक न्यौपानेले बताए । विद्यालयको भौतिक एवम शैक्षिक व्यवस्थापनको लागि माघ १ गतेदेखि ८ गते सम्म श्रीमदभागवत धान्याचल सप्ताह ज्ञानमहायज्ञको आयोजना गरिएको थियो । 
कार्यक्रममा सप्ताह ज्ञानमहायज्ञको प्रचारप्रसारमा सहयोग गर्ने संचारकर्मी भीमसेन पौडेल र रुपेश दुलाललाई सम्मान गरिएको थियो । विभिन्न उपसमितिमा रहेर सहयोग गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । हेटौडा उपमहानगरपालिका १७ का वडा अध्यक्ष भैरबबहादुर राईको प्रमुख आतिथ्यता एवम श्रीमदभागवत धान्याचल सप्ताह ज्ञानमहायज्ञका संयोजक रामप्रसाद भट्टको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा राजदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिव्यराज धमला, प्रधानाध्यापक सानुकाजी पाण्डे, शिक्षक तारानाथ दाहाल, राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिना, विद्यालयका संस्थापक कृष्णप्रसाद नेपाल, संचारकर्मी भीमसेन पौडेल, प्रचारप्रसार उपसमिति संयोजक सोविता कार्की, गोविन्द दाहाल लगायतकाले सप्ताहमा संकलन भएको रकम विद्यालयको भौतिक एवम शैक्षिक क्षेत्रको विकासमा खर्च गर्नु पर्नेमा जोड दिएका थिए । २०३२ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म पढाई भैरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार