Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

रियल मड्रिड च्याम्पियन्स लिगबाटै बाहिरियो

Real-1551843699.jpg

२२ फागुन, काठमाडौं । रियल मड्रिडको युरोपियन च्याम्पियन्स लिगको यात्रा टुंगिएको छ ।  मंगलबार राति भएको प्रिक्वाटरफाइलनको दोस्रो लिगमा घरेलु मैदानमा चार–एकको हार ब्यहोर्दै १३ पटकको च्याम्पियन रियल समग्रमा पाँच–तीन गोलअन्तरले पराजित भयो । 
पहिलो लिगमा घरेलु मैदानमा दुई एकले हारेको आयाक्सले रियलको मैदानमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । च्याम्पियन्स लिगमा २२ वर्षपछि नकआउट चरणमा पुगेको आयाक्सले १० खेलाडीमा झरेको रियललाई चार–एक  गोलले हरायो । 
पछिल्लो १३ वर्षमा आयाक्स च्याम्पियन्स लिगको नकआउट चरणमा पहिलो पटक रियलसँग खेलेको थियो । जसमा उसले रियललाई उसकै मैदानमा स्तब्ध बनायो । खेलको सातौँ मिनेटमा नै जेइचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । 
त्यसपछि १८ औं मिनेटमा डेवीड निकीसले आयाक्सको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलको अग्रता बनाएको रियलविरुद्ध आयाक्सले ६२औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक उसका लागि डुसान टाडीकले गोल गरे । ७० औं मिनेटमा मार्को एसेन्सीयो गोल गर्दै रियलको आशा जनाएका थिए । 
तर त्यसको दुई मिेनटपछि नै आयाक्सका सोनीले गोल गर्दै खेलमा चार एकको जित दिलाए । जसका कारण पहिलो लेगको अग्रतालाई रियलले जोगाउन सकेन र घरेलु मैदानमा लगातार चार खेलमा पराजित भयो ।
रियल घरेलु मैदानमा यसरी हारेको सन् २००४ पछि पहिलो पटक हो भने सन् २०१० पछि नकआउट चरणमा पुग्न असफल भएको हो । यता आयाक्स २००६ पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । 

साभार : उज्यालो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार