२४भदौँ, हेटौडा । हेटौँडा ५ मा रहेको संजिवनी वचत तथा ऋण सहकारीले आर्थीक बर्ष ०७३ ०७४ मा ६६ लाख २ हजार २ सय ३७ नाफा गरेको छ । शनिबार सम्पन्न १६ औं वार्षिक साधारण सभा मार्फत यो जानकारी गराईएको हो । संस्थाका अध्यक्ष रण बहादुर कार्कीले आव ०७३ ०७४ मा २१ करोड १० लाख ५ हजार ४२ पुँजी रहेको र २ करोड ७४ लाख २४ हजार ८ सय ४ आम्दानी र २ करोड ८ लाख २२ हजार ५ सय ६७ खर्च सहित ६६ लाख २ हजार २ सय ३७ नाफा भएको बताएका हुन ।
हेटौडा नगरका मेयर हरि बहादुर महतको प्रमुख अतिथ्यतामा सम्पन्न साधारण सभामा मकवानपुर वचत तथा ऋण सहकारी संघ की अध्यक्ष राधा सिंतान, वडा नं. ५का वडा अध्यक्ष राजेश बाँनिया, युवा साकोस का अध्यक्ष राजु गौतम लगायत हेटौडाका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने सभा संस्थाका अध्यक्ष रण बहादुर कार्कीको सभाअध्यक्षतामा भएको थियो ।
सभा मार्फत सहकारीले आफ्नो ६ जना वृद्ध शेयर सदस्यलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा ७७ वर्षिय त्रिविक्रम श्रेष्ठ, ७५ वर्षिय रामप्रसाद भण्डारी ७३ वर्षिय दिलबहादुर तामाङ, ७२ वर्षिय शिवहरि घिमिरे, ७० वर्षिय कृष्ण बहादुर श्रेष्ठ, ७० वर्षिय किर्ति बहादुर श्रेष्ठ र ६९ वर्षिय पद्म कुमारी श्रेष्ठ लगायतका रहेका छन । त्यसैगरि शेयर सदस्यका जेहेन्दार छोराछोरीहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । पुरस्कृत हुने छात्रा छात्रहरुमा प्रदोष अधिकारी, स्वस्तिका वाग्ले, अनमोल बरुवाल, आशिष थापामगर र प्रविणा लामिछाने रहेका छन्, ।
त्यसैगरी सहकारीले लक्ष्मी नेपाल र हरि बहादुर तिमल्सिनालाई असल ऋणिको रुपमा पुरस्कृत गरिएको छ, भने सुष्मा श्रेष्ठ, राजु बस्नेत र राम प्रसाद संजेल लाई असल वचत कर्ताको रुपमा पुरस्कृत गरिएको थियो भने सभामा संस्थाकी सचिव जानकी चौधरीलाई कदर पत्र सहित सम्मान गरिएको छ ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...