Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडामा खुल्यो एक्सपर्टको शाखा 

25114948_1835912733126051-1512917465.jpg

 २४ मंसिर, हेटौंडा । अष्ट्रेलिया अध्ययन कसरी गर्ने  भनेर अन्यौलमा रहेका पिद्यर्थीहरुको लागि मकवानपुरमा  परामर्श केन्द्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको नयाँ शाखा मकवानपुरको हेटौंडाको पारिजात पथमा संचालनमा आएको छ । 

आज  एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले २५ औं शाखा कार्यालयको शुभारम्भ गरेका हुन । शाखा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले मकवानपुरबाट उच्च शिक्षा हासिलका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई एक्सपर्ट भरपर्दो माध्यम बनोस् भन्दै शुभकामना व्यक्त गर्दै , हेटौंडा पनि शैक्षिक हब बन्दै गईरहेको भन्दै एक्सपर्टको उपस्थितिले थप सहयोग पुगेको बताए  ।
त्यसैगरी कार्यक्रममा बोल्दै मकवानपुरका जिल्ला शिक्षा अधिकारी बद्री भट्टराईले हेटौंडामा शुभारम्भ गरेको संस्थाले जिल्लाको शिक्षा क्षेत्रमा सकरात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गरे  । कार्यक्रममा बोल्दै एक्सपर्टका नेपाल निर्देशक खगराज संग्रौलाले २५ हजार भन्दा बढि विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउन सफल कन्सलटेन्सी हेटौंडामा खुल्नु मकवानपुरे विद्यार्थीहरुका लागि अवसर भएको  बताए । कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहाल, ४ नम्बर वडाध्यक्ष नविन सिग्देललगायतले मन्तव्य व्यक्त गरेका थिए ।   कार्यक्रम एक्सपर्ट हेटौंडाका निर्देशक घननाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच शाखा कार्यालय समुद्घाटन समारोहको अवसरमै आज सेमीनार समेत आयोजना गरिएको छ । सेमीनारमा एक्सपर्ट अष्ट्रेलियाका सिईओ सन्जिव शर्माले अष्ट्रेलियाको शिक्षा र एक्सपर्टको विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए  भने २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठ र संचारकर्मी राधाकृष्ण धितालले व्यक्तित्व विकास र बोल्ने कला बारे प्रशिक्षण दिएका थिए  ।    


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार