राजनीति

४५ सै जिल्लामा दोश्रो चरणको मतदान उत्साहाजनक रुपमा चल्दै

matadans-1512619473.JPG

२१ मंसिर, हेटौँडा । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान प्रकृया ४५ जिल्लामा चलिरहेको छ । दोस्रो चरणमा आज विहान ७ बजेदेखि १ सय २८ निर्वाचन क्षेत्रमा मतदान चलिरहेको हो ।
मतदान केन्द्रमा मतदानको प्रकृया सुरु भएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले सबै मतदातालाई सहभागी हुन आग्रह समेत गर्नुभएको छ । निर्वाचन आयोगले मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । मतदानको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएकाले आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर पनि भोट खसाल्न पाउनेछन् ।
४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा चुनाव हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि १ हजार ६ सय ६३ र प्रदेशसभाका लागि २ हजार ८ सय १९ गरी कुल ४ हजार ४ सय ८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसैगरी, समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि २ सय २० पदमा ५ हजार ८ सय ३८ उम्मेदवार छन् । सात हजार ७ सय ५२ मतदानस्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् ।
मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ । त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ । रातो मतपत्रको माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ ।

 


Tech1-1498491689.jpg
Classictech-1516958284.jpg
संसदीय पत्रकार मञ्चको अध्यक्षमा दाहाल
Samsadiya-1519125399.jpg

८ फागुन, हेटौँडा । पत्रकारलाई संघीय संसद तथा प्रदेशसभाको रिपोर्टिङमा सहजीकरण गर्ने उद्धेश्यका साथ हेटौंडामा...

राष्ट्रियसभामा रामनारायण विडारी सिफारिस
hqdefault-1519100904.jpg

८ फागुन, हेटौंडा । सरकारले राष्ट्रियसभाका लागि माअोवाद नेता एवम् मकवानपुरका पूर्व सांसद रामनारायण विडारीसहित...

शंकास्पद अवस्थामा कुकर भेटियो
received_1550312118387426-1519093978.jpg

८ फागुन, हेटौंडा । हेटौडा-११ नवलपुरमा शंकास्पद अवस्थामा प्रेसर कुकर फेला परेको छ । टेपले बेरेकोमा आधा मिटर जति...

हेटौंडा-४ मा भएको दुर्घटनामा एकको मृत्यु
Accident_Pak24-1519093372.jpg

८ फागुन, हेटौंडा । हेटौंडा-४ मा मोटरसाईकलले गएराति ठक्कर दिंदा एक पैदल यात्रुको मृत्यु भएको छ ।  हेटौडा-४ स्थित...

नेकपा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति
Sahamati-1519085958.jpg

८ फागुन, हेटौँडा । लामो समयको वार्ता र छलफललाई निष्कर्षमा पुर्याउँदै एमाले र माओवादीविच पार्टी एकताका लागि...

रानीमा एकै दिन दुई टोलीको अवलोकन
Rani1-1519052611.jpg

७ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा सोमबार दुई वटा टोलीले अवलोकन...

५ साहित्यकार र ३ पत्रकारलाई सम्मानित
Dharma-1519046593.jpg

७ फागुन, हेटौँडा । साहित्यिक परिवारको २५ औँ वार्षिकोत्सव तथा २२२औँ साहित्य श्रृंलाका अवसरमा बृहत् साहित्य...

माओवादी केन्द्रको नगर पदाधिकारी चयन
Moist111-1519055481.jpg

७ फागुन, हेटौडा । नेकपा (माओवादी केन्द्र) मकवानपुर हेटौडा उपमहानगरपालिका नगर समितिको र पदाधिकारी चयन गरिएको छ...

थाहा संचारद्वारा ४ जनालाई सम्मान
IMG_2636-1519044220.JPG

७ फागुन, हेटौँडा । रेडियो थाहा संचार ९९.६ ले सोमबार हेटौँडामा आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेका मकवानपुरका ४...

थप समाचार