बालकुमार श्रेष्ठ (balkumars466@gmail.com)
कुनै पनि सामाजिक अन्तरसम्बन्ध र अन्तरक्रियाबाट सामाजिक घट्नाहरूकाे जन्म हुन्छ ती घटना समाजका सबै मानिसहरूसंग सम्बन्धित हुन्छ र ती घट्नाहरूकाे प्रभाव जनमानसमा पनि पर्दछ । त्यसैले मानिस एक विश्वव्यापी प्राणी हाे । विश्वका सबै देशहरूले गरेका भाैतिक उत्पादन र बाैद्धिक सिद्धान्त विश्वका सवै समाजका लागि उत्तिकै फलदायी हुन्छ । कुनै पनि घटनाले विचारलाई जन्म दिन्छ । व्यक्ति पिच्छे विचारकाे प्रवाह अलग अलग तरिकावाट सिर्जना हुने भएकाेले विचार(Views)मा मत भिन्नता हुने गर्दछ । विचार व्यक्तिगत अभिव्यक्ति हाे । त्यसपछि अलि धेरै मानिसहरूले जीवनका दर्शनहरूलाई चिन्ने, बुझ्ने र विश्लेषण गर्ने क्रममा सामाजिक घटनाहरूलाई हेर्ने हेराइ (perspective ) विकास हुने गर्दछ । त्यसलाई दृष्टिकोण (perspective) भनिन्छ । यश लेखमा विचारबाट सिर्जना हुने जीवनको दर्शन र समाजशास्त्र विषयको सम्बन्धका बारेमा चर्चा गरिनेछ ।
जीवनलाई हेर्न दृष्टिकोणलाई धेरै समूह वा समाजका ठुलो संख्यामा रहेका वर्गले अभ्यासमा ल्याउने र चर्चा गर्ने गर्नथाले पछि त्यो दृष्टान्त (paradiam) बन्दछ । त्यस्ता दृष्टान्तहरू व्यापक रूपमा लेखिने र पढिने दृष्टिकोणहरूकाे समूह हाे । यसमा आलोचनात्मक दृष्टिकोण हुने गर्दछ, समय सापेक्ष व्याख्या विश्लेषण हुने गर्दछ । ती दृस्टान्तहरूकाे मुलभुत मान्यताहरूलाई एकीकृत गरि सिद्धान्त(theories) काे निर्माण हुने गर्छ । अनि एउटै विषय (descipline) समेट्ने सिद्धान्तहरूकाे समुहलाई models भनिन्छ । यस्ता माेडेलहरू कलेजहरूमा अध्यापन गरिन्छ । यस्तै माेडेलमा सम्बन्धित भएर जीवनमा भएका विभिन्न वाद र प्रतिवादहरूकाे अनुसन्धान हुने गर्दछ । जीवन के हाे ? जीवनमा सफल हुनलाई के के गर्नहुन्छ ? के के कुरा गर्नुबाट बच्नुपर्छ ? एउटा सामान्य नैतिक शिक्षाबाट जीवनको दर्शन शुरू हुन्छ । जीवन दर्शनदे भाैतिक तथा अभाैतिक दुवै पृष्ठभूमिका दृष्टान्तहरू अध्ययनमा समावेश गरेका हुन्छन् । सुखदुखका कारण र ती क्षणहरूमा मानिसले गर्ने अनुभवहरूकाे खाेजीनितिकाे विश्वव्यापी सम्बन्ध नै जीवन दर्शन हाे ।
समाजशास्त्र पनि मानव समाजका सामाजिक अन्तरक्रिया र अन्तरसम्बन्धकाे अध्ययन गर्ने शास्त्र हाे । याे शास्त्रमा पनि कसरी जैविक प्राणीको रूपमा जन्मिएको मानिस सामाजिकीकरणकाे प्रक्रिया पछि सामाजिक प्राणीमा रूपान्तरण हुन्छ ? समाजमा अास्था र विश्वासका रूपमा रहेकोे धार्मिक विश्वासमा कसरी paradigm shift हुन्छन् ? समाजमा सामाजिक परिवर्तनका संयन्त्रहरू के के हुन्छन् ? ती कुराहरूलाई वैज्ञानिक विधि र पद्धति अपनाएर अध्ययन अनुसन्धान गरिन्छ । समन्वयात्मक समाजशास्त्रमा त्यो समाजका सामाजिक-साँस्कृतिक, अार्थिक, राजनीतिक र कानुनी पक्षहरूले मानव समाजमा पारेका प्रभावहरू, समस्याहरू र घटनाहरूका कार्यकारण सम्वन्धकाे अध्ययन गर्नुपर्ने कुरामा जाेड दिइएकाे छ ।
वास्तवमा मानिस सामाजिक प्राणी हाे । समाजबाटै मानिसले आफ्ना समस्या समाधान वा आवश्यकताकाे पुर्ति गर्दछ । कुनै पनि समाजमा मानिसको कार्य र कारणलाई नाम दिने कार्य दार्शनिक पक्ष हाे । सामुहिक विचारधारालाई नेतृत्व गर्ने सिपलाई राजनीति भनिन्छ । त्यसैले राजनीतिलाई प्रधान नीति पनि भनिन्छ । समाजशास्त्रमा राजनिति र समाजकाे पनि अध्ययन हुन्छ । मानिसको जीवनमा राजनितीले धेरै प्रभाव पारेको हुन्छ । शासन सत्ताको अपेक्षा राख्दै समाजलाई हित गर्ने उद्देश्यले गरिने क्रियाकलाप नै राजनीति हाे । राजनीतिक विचारधारा अनुसार मानिसका जीवनका क्रियाकलापहरू निर्देशित हुने गर्दछन्, तर कतिपय अवस्थामा राजनीतिक आस्थाबाट माथि उठेका व्यक्तिहरूकाे जीवन दर्शनले पनि समाजमा अनुसरण पाइरहेका हुन्छन् । राज्यको राजनितिक व्यवस्था जस्तो छ, मानिसले भाेगाइकाे क्रममा जीवनका क्रियाकलाप पनि त्यस्तै गर्ने गर्दछन् ।
जीवनमा धेरै मानिसहरू राजनीति गर्नुभन्दा पनि राजनीतिक व्यवस्था जनकल्याणकारी हाेस भन्ने चाहन्छन् । उनीहरू अाफुलाई जीवनयापन गर्ने पेशागत सुरक्षा चाहन्छन् । अायअार्जनका अाधारहरू सिर्जना गर्न रमजनितिक प्रणालीले उत्पादन, उपभाेग, विनिमय र वितरणमा समान अवसरहरूकाे सिर्जना गराेस भन्ने चमहन्छन्, जुन हरेक मानिसका जीवन दर्शनभित्र पर्ने कुरा हुन् । समाजशास्त्रले राज्यकाे अाधारभुत उत्पादन प्रणालीमा भएको स्वामित्वको प्रभावकारी विश्लेषण गरि अर्थतन्त्रको पनि विषयबस्तुहरू समावेश गरेकाे छ, मानिसको दैनिक जीवन सन्चालन गर्नका लागि अनिवार्य शर्त अार्थिक उपार्जन र अर्थतन्त्र नै हाे । समाजमा कृषकहरूकाे वाहुल्यता भएका ठाउँमा खानपान र जीवनशैली कृषिसंग मिल्दाेजुल्दाे हुन्छ । त्यस्तै उद्योग कलकारखानामा काम गर्ने मजदुरकाे बढी बसाेवास भएकाे ठाउँका मानिसहरूकाे खानपान र जीवनशैली कृषिकाे भन्दा फरक हुन्छ । ती रहन सहन र खानपान पनि जीवन दर्शनका निर्धारक तत्वहरूभित्र पर्दछन् । ती तत्वहरूकाे समाजशास्त्रमा सूक्ष्म रूपले अध्ययन गरिने भएकाेले जीवन दर्शनर समाजशास्त्र बीच सम्बन्ध रहेकाे हुन्छ ।
कानुनी प्रक्रिया एउटा छुट्टै विषय भए पनि समाजशास्त्रमा पनि कानुन निर्माणलाई planned change भित्र राखेर समाज परिवर्तनको वाहक कानुनलाई मानिन्छ । याेजनाबद्ध परिवर्तनको महत्त्वपूर्ण साधनका रूपमा समाजशास्त्र विषयमा कानुनी निर्धारणवाद र सामाजिक साँस्कृतिक परिवर्तनको प्रभाव विषयमा सिंगाे समाजकाे अध्ययन गरिन्छ ।ममनवशास्त्री E.B. Tylor का अनुसार - संस्कृति समाजकाे सदस्यकाे हैसियतले मानिसले आर्जन गरेको कला, भाषा, साहित्य, रितिरिवाज, मूल्य, मान्यता, विश्वास र कानुनलाई संस्कृति भनिन्छ । यसरी हेर्दा मानवलाई अावश्यक पर्ने भाैतिक तथा अभाैतिक नियम, कानुन, प्रथा र परम्परा नै संस्कृति हाे । संस्कृति समय, स्थान र धर्म अनुसार विविध प्रकारकाे हुन सक्दछन्, तर मुख्य समानता के हाे भने मानिसका दैनिक जीवन यापनलाई सहज बनाउनका लागि संस्कृतिको निर्माण र परम्परा चलेका हुन्छन्, जुन जीवनकाे दर्शनसंग प्रत्यक्ष समेबन्धित हुन्छन् ।
निष्कर्ष : जीवनकाे गतिविधिलाई निरन्तरता दिनका लागि बनेका सिद्धान्त र व्यवहार जीवनको दर्शन हुन । सामाजिक घट्नाहरूकाे कार्य कारक सम्बन्धकाे अध्ययन विश्लेषण गर्ने विषय समाजशास्त्र हाे । जीवन दर्शन र समाजशास्त्र दुवैको विषयवस्तुकाे लाभग्राही समाजका मानव भएकाले ती भित्र गरिने अभ्यास र अध्ययनवीच सम्बन्ध जाेडिएकाे छ । यी दुवैले एक अर्काकाे अध्ययनमा मानव समाजलाई केही दृष्टान्तहरू अादानप्रदान गरेर सघाउ पुर्याइरहेका हुन्छन् । यस्ताे सम्बन्धलाई शिक्षक तथा प्राध्यापकहरूले अध्यापनकाे अाैजार पनि बनाउने गर्दछन् ।
(लेखक सिद्धार्थ मावि हेटाैंडाका सामाजिक अध्ययन विषय विभागका विभागीय प्रमुख हुन् )
४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...
४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...


















