पृष्ठभूमि
बि.पि.कोइराला बि.सं. १९७१ भाद्र २४ मा तत्कालिन ब्रिटिश इण्डियाको बारणासीमा जन्मेका र उनको शिक्षा दिक्षा वनारसमानै भएको थियो । वि.पि.ले वि.सं १९९१ (सन् १९३४)मा वनारस बिश्व बिद्यालयबाट अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक र वि.सं १९९४ (सन् १९३७)मा कलकत्ता विश्व बिद्यालयबाट कानूनमा स्नातक अध्ययन पूरा गरका थिए ।
बि.पि.एक महान प्रजातान्त्रिक समाजबादी राजनेता, उत्कृष्ठ आख्यानकार कुशल र सिद्धहस्त बिचारक थिए । वि.पि.को प्रजातन्त्र, समाजबाद, अर्थतन्त्र सम्बन्धी चिन्तन उल्लेखनीय थियो । नेपाली साहित्यमा उनले सिग्मण्ड फ्रायडको मनोविज्ञान आफ्ना पात्रहरुमा प्रयुक्त गरेका छन् । मूलतः उनी राजनीतक व्यक्ति भएर पनि साहित्यमा राजनीति कहिल्यै मिसाएनन् न त साहित्यलाई राजनीतिले धमिल्याउने काम गरे । उनका साहित्यहरु नेपालको समसामयिक सामाजिक यथार्थमा आधारित समस्या र यौनजन्य मानसिक समस्याको बिश्लेषण गरिएको पाइन्छ् ।
उनी विद्यार्थी जीवनमा वि.सं.१९८७ मा ब्रिटिश इण्डिया सरकारको पक्राउमा परी ३ महिनासम्म थुनामा परेका थिए ।उनी भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक हुनुका साथै बि.सं.१९९१ देखि भारतीय राष्ट्रिय काग्रेसमा समेत संलग्नभई काम गरेका थिए । भारतमा आन्दोलन चलिरहेको अवस्थामा नेपालमा पनि राणाहरुको एकतन्त्रीय जहानीया शासन विरुद्ध पनि आन्दोलन जारी थियो । सोही अवस्थामा मातृकाप्रसाद कोइरालाको अध्यक्षतामानेपाली राष्ट्रिय कांग्रेसको र सुवर्ण शम्शेरको नेतृत्वमा नेपाली प्रजातन्त्र कांग्रेसको स्थापना समेत भएको थियो । वि.पि.कोे पहल र सक्रियताले यी दुवै पार्टीहरु एकीकरण भई वि.सं.२००६,चैत्र २८मा नेपाली कांग्रेस पार्टीको स्थापना भएको थियो ।
बि.सं.२००४मा भएको विराटनगरमा मजदुर आन्दोलनमा बि.पि.गिरफ्तारीमा परी जेलमा परेका थिए । जेलमा २७ दिनसम्मको लामो भोक हडताल गरेपछि उनी जेलबाट मुक्त भएका थिए । २००७ सालमा फागुन ७ गते नेपालमा प्रजातन्त्र आयो । १० फागुन, २००७ मा मोहन शम्शेरको नेतृत्वमो राणा—काग्रेस संयुक्त सरकार गठन भयो । सो सरकारमा बि.पि.कोइराला गृहमन्त्री भएका थिए । यो सरकारको कार्यकाल २६ कार्तिक, २००८ सम्म ९ महिना रह्यो ।
राणा कांग्रेसको संयुक्त सरकार भंग भएपछि वि.पि.पार्टी संगठनमा लागे । नेपाली कांग्रेसलाई समाजबादी धारमा गठन गरे । उनी १३ जेष्ठ, २००९ देखि १० माघ, २०१२ सम्म नेपाली कांग्रेसको पार्टी सभापति पनि भए । बि.पि.को नेतृत्वमा २०१५को संसदीय चुनावमा नेपाली कांग्रेस विजयले प्राप्त गर्यो र वि.पि.कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तर, २०१७ साल पौष १ गते राजा महेन्द्रले सरकार अपदस्थ गरे । उनलाई बन्दी बनाइयो ।
समसामयिक विश्व परिबेश र समाजबादको अभ्युदय
१.तत्कालिन समयमा पश्चिमी मुलुकहरुमा पूँजीवादी अर्थव्यवस्था थियो । उनीहरुको आफ्नै मूल्य मान्याताहरु थिए । सो समयमा भारतमा महात्मा गान्धी थिए । गान्धी पश्चिमी सभ्यताको आलोचक थिए । गान्धीको बिचारमा पश्चिमी मुलुकहरुले भने जस्तो औद्योगीकरण, शहरीकरण र प्रबिधि आबश्यकतापूर्तिको लागि आवश्यक छैनन् । उनले ग्रामीण स्वराज र आत्मनिर्भर गाँउ अर्थतन्त्रको लागि स्थायी आधारभूत आवश्यकता हो भन्थे ।
२.उता तान्जनीयाका राष्ट्रपति जुलियस नेरेरेको सोच पनि त्यस्तै थियो । नेरेरे वैदेशिक सहायताले अफ्रिकन मूल्यलाई नास गर्छ र परनिर्भरता गराउँछ भन्ने मान्यताले वैदेशिक सहयोग अस्वीकार गर्थे । अर्कोतर्फ चीनमा माउत्से तुङले पश्चिमी पूँजीबाद अस्वीकार गर्दै चिनीया मूल्य अनुसार माओबादी राजनीतिक अर्थतन्त्रको निर्माण गरेको अवस्था थियो ।
३.यसरी साझा रुपमा यी नेतृत्वहरु सवैले आत्मविश्वास, आत्मनिर्भर र स्थानीय मूल्य र परिवर्तनको निमित्त जनता केन्द्रित (People centric)पहुँचलाई स्वीकारगरी मुलुकको समृद्धिको निमित्त बैकल्पिक बाटो पहिचान गरेको अवस्था थियो । उनीहरु सवैले पाश्चात्य आधुनिकीकरणलाई स्वीकार नगरी आलोचना गरेका थिए ।
४.यसरी बिश्वमा उदार पूँजीबादी (Liberal capitalism) र कम्युनिष्ट (Communism) दुईवटा बिचारधारामा बाँडिएर यी दुई बीच शीतयुद्धको अवस्था थियो ।
५.यही पृष्ठभूमिको प्रतिक्रिया स्वरुप पूँजीबादी र कम्युनिष्ट बिचारधाराहरुसंग असंलग्न रहेका अफ्रो एशियाली मुलुकहरुले केही पछि असंलग्न आन्दोलनलाई जन्म दिए ।
यो विश्व परिवेशमा नेपालमा वि.पि.कोइरालाको उदय भएको थियो । यही समयको सेरोफेरोमा सोसलिष्ट एशोसियसन गठन गर्ने पहल भए । सोसलिष्ट एशोसियसनका लागि पहल गर्ने व्यक्तिहरुमा वि.पि.प्रमुख व्यक्तित्व थिए । फलस्वरुप बि.पि.को नेतृत्वमा बि.सं २००७ (सन् १९५० को मध्यमा) मा एशियन सोसलिष्ट एशोसिएसनको बिधिवत स्थापना भयो र उनी सो एशियन सोसलिष्ट एशोसिएसनको अध्यक्ष भए । यसरी बि.पि. पूँजीबादी र साम्यबादी भन्दा भिन्न समाजबादी धारमा खडा भए ।
एशियन सोसलिष्ट एशोसिएसन स्थापना भएपछि एशियाका समाजबादी राजनीतिक पार्टीहरुल वि.सं.२०१० अर्थात सन् १९५३ मा म्यानमारको यांगुन (तत्कालिन बर्माको रंगुन) मा े एशियन सोसालिष्ट सम्मेलन गरे । नेपाली काँग्रेस पार्टीको नेतृत्व गर्दै बि.पि. कोइराला सो सम्मेलनमा सहभागी भए । सो सम्मेलनले एशियन बिशेषताको समाजबाद प्रस्ताव गर्यो । नेपालमा वि.पि.कोइरालाले अथ्र्याउनु भएको समाजबादनै एशियन बिशेषताको समाजबाद हो भन्न सकिन्छ ।
नेपाल सोसलिष्ट इण्टरनेशनलको सदस्य भएको र त्यसको अध्यक्ष समेत भएका नाताले उक्त समयमा जननेता बि.पि.कोइरालकाको विश्वका बिभिन्न समाजबादी नेताहरु संग सम्पर्क थियो । सम्पर्कमा भएका नेताहरुमा बिलि ब्राण्ट–जर्मन चान्सलर, भारतका उपनिवेश बिरोधी नेताहरु मोहनदास करमचन्द गान्धी, जवाहरलाल नेहरु, राममनोहर लोहिया तथा चीनका नेता माओत्से तुङ आदि थिए ।
समाजबादी सम्मेलनको मर्म अनुरुप नेपाली काँग्रेस पार्टीलाई वि.पि.ले समाजवादी धारामा स्थापित गरेका थिए । उनले बैयक्तिक स्वतन्त्रता, नागरिक तथा राजनीतिक अधिकारहरुका लागि नेपाल जस्तो गरीव मुलुकमा प्रजातान्त्रिक समाजबाद नै उपयुक्त हुन सक्छ भन्ने दृष्टिकोण एवं बिश्वास राख्थे ।उनले आफ्नो जीवनको अन्त्य सम्मपनि प्रजातान्त्रिक समाजबाद, अर्थव्यवस्था र आर्थिक बिकास सम्बन्धी आफ्नो मत विभिन्न लेखमा, संस्मरणमा, भाषणमा र अन्तर्वार्ताहरुमा निरन्तर सञ्चार गरिरहे ।
समाजबाद के हो ?
सवैले समाजबादलाई एउटै हिसावले व्याख्या गरेको पाइदैन । कसैले भन्छन्–समाजबाद सामाजिक संगठनको राजनीति र आर्थिक सिद्धान्त हो । कसैले समाजबादले उत्पादनका साधन, वितरण र विनिमय समुदायको स्वामित्वमा राखेर उनीहरुद्धारानै नियमन हुनु पर्छ भन्ने कुराको पैरवी गर्छ भनेका छन् । त्यस्तै कसैले भन्छन्–समाजबाद आर्थिक, सामाजिक र राजनीतिक दर्शन हो । यसले उत्पादनका साधनमा सामाजिक स्वामित्वलाई समेट्छ ।
कोही भन्छन् समाजबाद सरकारको एक स्वरुप हो । जसमा अधिकांश सवै प्रकारका सम्पति, उत्पादनका साधन, प्राकृतिक स्रोतहरु राज्यको नियन्त्रणमा हुन्छन् । उनीहरुको भनाईमा उत्पादनका साधनहरुमा रहने सार्वजनिक स्वामित्वले साधारण जनसंख्याको आवश्यकता र चाहना अनुसार समतामूलक तरिकाले बितरण गर्न सकियोस भन्ने रहेको देखिन्छ ।
समाजबादमा कम्तिमा पनि मुख्य उत्पादनका साधन राज्यको नियन्त्रणमा रहन्छन् । ज्याला, मूल्य, उत्पादन र वितरण, बस्तु तथा सेवाको केही हदसम्म नियमन र नियोजन गरिन्छ ।तर, यसको विपरित पूँजीवादमा उत्पादनको साधनहरु निजी स्वात्विमा हुन्छन् । ज्याला, मूल्य, बस्तुको परिमाण, किसिम तथा उत्पादन स्वतन्त्र वजारमा व्यक्तिको नियन्त्रणमा रहन्छन् । समाजबादलाई विभिन्न किसिमहरुमा वर्गीकरण गरेको पनि पाइन्छ ।
समाजवादको परिभाषा गर्न त्यति सहज छैन, गाह्रो छ । समाजबादको सम्बन्धमा मतैक्यता पाइन्न । किनकि यसमा समूहगत हिसाबमा मत–मतान्तरहरु बिद्यमान छन् । यस्ता केही समूहहरु:
१.शुरुआत कर्ताहरु वा प्रारम्भ कर्ताहरु (Forerunners), २.आदर्शबादी समाज सुधारकहरु (Utopian), ३.व्यबहार बादीहरुको समूह(Pragmatic) आदि ।
समूहगत मत–मतान्तरहरु हुँदाहुदै पनि प्रजातान्त्रिक समाजबादका आबश्यक सिद्धान्त र मूल्यहरुका सम्बन्धमा एउटा संझौता गरी उक्त संझौताद्वारानिम्न बिषयहरु प्रजातान्त्रिक समाजबादका लागि आवश्यक ठानियो । यद्यपि मुलुकको खास अवस्था र विकासका आधार असमान हुने परिपेक्षमा यो सिद्धान्तको प्रयोगमा पनि एकरुपता हुन नसकी प्रयोगमा विभिन्नता देखिएका छन्
- प्रजातन्त्र र आबधिक निर्वाचन (Democracy and periodic election)
- समानता र सामाजिक न्याय (Equality and social justice)
- कल्याणकारी कार्यक्रम (Welfare programme)
- संयुक्त, सामूहिक र सहकारितात्मक स्वामित्वलाई समर्थन (Support to collaborative and collective and cooperative ownership)
- शोषण बिहीनता (Absence of exploitation)
- आर्थिक असमानता घटाउने (Reduction of economic disparity)
- आर्थिकशक्तिको बिकेन्द्रीकरण र आधारभूत आबश्यकतामा राज्यको उत्तरदायित्व (State's reponsibility for basic needs and decentralization of economic power)
वि.पि. र समाजबाद
बि.पि.को दृष्टिकोणमा समाजबादका बिभिन्न पहलुहरु छन् । समाजबादका व्यवहारिक पक्ष र सैद्धान्तिक पक्ष, राजनीतिक स्वतन्त्रता, समान आर्थिक अवसर, समानता र वितरण एवं उत्पादन प्रणाली आदि । समाजबाद संग यी तमाम बिषयहरु अन्योन्याश्रित छन् ।
वि.पि.भन्छन् व्यवहारिक समाजबाद भोको मानिसको लागि एकमुठी चिउरा हो । सैद्धान्तिक रुपमा भन्दा साम्यबादमा प्रजातन्त्र थपिदियो भने समाजबाद हुन्छ । समाजबाट प्रजातन्त्र झिकीदियो भने साम्यबाद रहन्छ । उनका अनुसार समाजबादको लक्ष्य समानता हो । जनतालाई समाजवादले मात्र राजनीतिक स्वतन्त्रता र समान आर्थिक अवसर दिन सक्छ भन्ने कुरामा बि.पि.बिश्वास राख्थे । वि.पि.को प्रजातान्त्रिक समाजबाद भन्नु नै राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको योग हो । उनका अनुसार समाजबादनै भविष्यको आयाम हो । बि.पि.कम्युनिष्टहरुको राय विपरित मान्छे रोटीले मात्र बाँच्दैन र पूँजीवादीको राय विपरित अनियन्त्रित उपभोक्ताबाद अनैतिक हुन्छ भन्ने मान्यता राख्थे ।वि.पि.को समाजवादका मौलिक र आधारभूत मान्यताहरु मूलरुपमा निम्न थिए :
१.अर्थव्यवस्था नै समाजको विकासको कारण हो ।
२.समाजमा उपलव्ध सवै उत्पादनका साधन भूमि, पूँजी, प्रबिधि र श्रमलाई समाजले नियन्त्रण गर्छ । (निर्वाचित जनप्रतिनिधिहरुले राज्यको पूँजी नियन्त्रण गर्न र कहाँ र कसरी प्रयोग गर्ने भन्ने निर्णय पनि गर्न सक्छ । )
बि.पि.का अनुसार समाजबाद आदर्श वा राजनीतिक नारा मात्र होइन । यसमा उत्पादन र उत्पादन प्रणाली संगसंगै जानुु पर्छ । यी दुवै समाजबादका अंग हुन । समानतालाई संकुचित नवनाइकन समाजबादलाई आर्थिक र राजनीतिक समानताको रुपमा बुझनु जरुरी हुन्छ ।
बि.पि.को विचारमा समानता भन्नु अवसर र साधनको वितरण हो । उनी भन्छन् आर्थिक समानता, समाजको उत्पादन क्षमता संग सम्बन्धित हुन्छ । थोरै परिमाणमा उत्पादन गर्ने र आवश्यकता भन्दा थोरै परिमाणमा वितरण गर्ने कार्यबाट आर्थिक न्याय हुनै सक्तैन । समान र न्यायपूर्ण (पुग्नेगरी) तरीकाले वितरण गर्न सकिने परिमाणमा बस्तु उत्पादन गर्न सकियो भनेमात्र मानिसले न्याय भएको महसुस गर्न सक्छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेसमा प्रजातान्त्रिक समाजबाद आबश्यक मानिएको र त्यसरी आवश्यकता मानिनु पछाडिका कारणहरु निम्न हुन् भनिएको छ :
- जमीनको स्वामित्वका आधारमा परम्परागत शक्ति भएका र शक्तिको संरचना संग सम्बन्ध भएका सामन्तबादी अवस्थाको अन्त्य गर्न ।
- विर्ता,जमिन्दारी जस्ता संस्थागत भएका शोषणयुक्त उत्पादन सम्बन्ध भएको भूमि व्यवस्थाको अन्त्य गर्ने विषयमा प्राथमिकता दिन,
- छुवाछुत र सामाजिक विभेद विरुद्ध लडन,
- राजनीतिमा उदार एवं प्रजातान्त्रिक मूल्य स्थापित गर्न र
- स्वास्थ्य र शिक्षामा लगानी गर्न,
- आर्थिक आधुनिकीकरण गर्न
र अन्त्यमा,वि.पि.को बिचारमा समाजबाद भन्नाले समाजका आवश्यकता पूरा गर्न सकिनेगरी पर्याप्त उत्पादन गर्नु हो । आर्थिक उत्पादन र उत्पादकत्व नै बास्तबमा समाजवाद हो । समाजबादको लक्ष्य प्राप्तिका निम्तिवितरण गर्न आवश्यकपरिमाण पुग्नेगरी पर्याप्तबस्तु उत्पादनमा बृद्धिगर्न सक्नु पर्दछ । त्यसोगर्न सकियो भनेमात्र मागअनुसार बस्तुको वितरण गर्न सकिने कुराको सुनिश्चितता हुन सक्छ
सन्दर्भ सामग्रीः
Ref : R.M. Nepal (2020) Int. J. Soc. Sc. Manage. 7(1): 21-29.
DOI: 10.3126/ijssm.v7i1.27104
Wikipedia.org
नेपाली उपन्यासका आधारहरु– इन्द्र बहादुर राई, नेपाली साहित्य परिषद् प्रकाशन, दार्जलिग, १९७४
नेपाली उपन्यास र उपन्यासकार– कृष्णचन्द्रसिंह प्रधान, साझा प्रकाशन, ललितपुर नेपाल, २०३७
बि.पि.बिचार : वर्तमान सन्दर्भमा– गोविन्द राज जोशी, बि.पि.स्मारिका, विचार समाज मकवानपुर, २०७५
सझा कथा, दोश्रो संस्करण,२०३१ साझा प्रकाशन काठमाडौ (केही बिबरण–केही बिचरण भैरब अर्याल)
११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...
११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...
११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...
११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औ...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...
११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...
११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...