२४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष शिव प्रसाद खनालले गाउँपालिकाको कर्मचारीको गल्ती गरेको भएपनि आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ति जनाएका छन् ।
केही दिन अगाडी वडाध्यक्ष खनालका आमाको नाममा ३ वडाबाट भत्ता बुझेको भन्दै सामाजिक सञ्जालमा उनको नाम जोडेर चर्चा भएको थियो । वडाध्यक्ष खनालले बुधबार विज्ञप्ती जारी गर्दै युट्युबरको प्रयोग गरी केही तत्वले आफ्नो चरित्रहत्या गरेको बताएका छन् । गाउँपालिकाका कर्मचारी र बैंकको कर्मचारीको गल्तीका कारण एउटै व्यक्तिको नाममा तीन वटा वडाबाट सामाजिक सुरक्षा भत्ता गएको र यसको जानकारी आएपछि गाउँपालिका अध्यक्षसंग छलफल गरी रकम समेत फिर्ता भएको उनले बताए । घटनामा गाउँपालिकाका कर्मचारी र बैंकले समेत गल्ति स्विकारिसकेको उनले जनाए ।
उनले विज्ञप्तिमा मनहरी गाउँपालिका वडा नम्बर १, ३ र ७ बाट मेरो आमा वेदमाया खनालको मनहरीमा रहेको मुक्तिनाथ विकास बैंकको खातामा सामाजिक सुरक्षा भत्ता जम्मा भएको र उक्त कुरा मैले असार मसान्तमा मात्र थाहा पाएको बताए । उनले गाउँपालिका कर्मचारी र बैंकको कर्मचारीको त्रुटीका कारण ३ ठाउँबाट एउटै खातामा रकम जम्मा भएको देखिएको उनको भनाई छ ।
आफ्नी आमाको खातामा बढी रकम आएको थाहा पाएपछि आफूले गाउँपालिका अध्यक्षसमेतसँग छलफल गरी बढी आएको रकम फिर्ता गरेको बताउँदै युट्युबरको प्रयोग गरी मलाई फसाउने काम गरियो, आवश्यक परे अब अदालत जान्छु–उनले भने ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















