Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

युरोकपः फिनल्याण्डको ऐतिहासिक जित, डेनमार्क पराजित

E3tJyakXIAsVJOV-1623544524.jpg

३० जेठ, हेटौंडा । फिनल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । कोपनहेगनमा शनिबार राति डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरेको हो । 
फिनल्याण्डको जितमा जोएल पोहनपालोले निर्णायक गोल गरे । जोएलले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए । यस्तै डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ७४ औं मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए । फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए ।
युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो  । पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो जित हो । जितसँगै समूह ’बी’ को फिनल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ । डेनमार्कले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 
फिनल्याण्डले ऐतिहासिक जित निकाल्दा डेनमार्कले भने दुखद घटनाको सामना गर्नु परेको छ । डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन अचेत भएर मैदान ढलेपछि डेनमार्क स्तब्ध भएको थियो । खेलको ४३ औं मिनेटमा एरिक्सन अचेत भएका थिए । 
तर, मैदानमा चिकित्सकको आकस्मिक उपचारपछि एरिक्सनको होस खुलेको र उनी बोल्न सक्ने भएको डेनिस फुटबल एसोसियनले जनाएको छ । उनलाई थप उपचारको लागि अस्पताल लगिएको समेत एसोसियनले जनाएको छ । एरिक्सनको स्वास्थ्यमा सुधार आएपछि दुबै टिमसँगको छलफलपछि खेल पुनः सुरु भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

गृहमन्त्री र नेपालका लागि स्विडेनका राजदूतबीच भेटवार्ता
rabi-lamixane-sweden-rajd-1715767356.jpg

२ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता भएको छ...

थप समाचार