Email :- prastakhabar@gmail.com
मनहरी गाउँपालिका

मनहरीमा सेनाले युवा कुटेपछि राजमार्ग अवरुद्ध,प्रहरीले बल प्रयोग गरेर खुलायो

20210126_065506-1628910425.jpg

सांकेतिक फोटो

३० साउन,हेटौंडा।मकवानपुरको मनहरी गाउँपालिकाको सुनाचुरीका दुई युवालाई नेपाली सेनाको जवानले कुटपिट गरेको विषयलाई लिएर सुनाचुरीका स्थानीयले पुर्व पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सुनाचुरीमा अन्तर्गतको शैनिक पोष्ट घेराउ गरेका छन। यो घटना शुक्रबार रातिको हो।शैनिक पोष्ट घेराउ गर्ने र आक्रोशित स्थानीयले पुर्व पश्चिम राजमार्ग अवरुद्ध पारेपछि मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको नेतृत्वमा गएको प्रहरीले शुक्रबार राति टियर ग्यास प्रयोग गरेर भिडलाई तितरवितर बनाएर अवरुद्ध राजमार्ग खुलाएको थियो।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा माछा मारेको आरोपमा सेनाले  मनहरी–६ सुनाचुरी चौकिटोलका २० वर्षीय दीपेन्द्र रुम्बा र २६ वर्षीय बुद्धिबहादुर मोक्तानलाई  कुटपिट गरेको बुझिएको छ।  

गस्तीमा हिँडिरहेका सुरक्षामा खटिएका पाँच जना सेनाको टोलीले माछा मारिरहेका युवकलाई एक्कासि कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन।स्थानियले युवालाई कुट्ने शैनिक जवानले माफी माग्नुपर्ने र जवानको नाम सार्वजनिक गर्नुपर्ने भन्दै शैनिक पोष्ट घेराउ गरेका थिए। अहिले यो समाचार तयार पर्दा सम्म स्थानीयले शुक्रबार दुई युवालाई कुटेको बिषयमा राजमार्ग अवरुद्ध गर्न खोजिएको बुझिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




Screenshot_20220629-14410-1656493073.jpg
Screenshot_20220629-14403-1656493148.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
मकवानपुरको राक्सिराङमा खोलाले दुईजनालाई बगायो
FB_IMG_1655426252831-1656516078.jpg

१५असार,हेटौंडा। मकवानपुरको राक्सिराङमा दुईजनालाई स्थानीय खोलाले बगाएको छ। बुधबार परेको अविरल बर्षाका कारण...

धान दिवसका दिन ज्ञनोदयका विद्यार्थीले गरे धान रोपाई
290507122_705381540567319-1656515863.jpg

१५ असार, हेटौंडा । १९ औं राष्ट्रिय धान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय...

बुधबार नेप्से परिसूचक ४१.३९ अंकले वृद्धि
increase-1656509822.jpg

१५ असार, हेटौंडा । शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च...

कोरोनाका संक्रमित बढ्न थाले, बुधबार ६२ जना नयाँ सङ्क्रमित थपिए
Corona-Covid-19-nepal1-1656509670.jpg

१५ असार, हेटौंडा । देशभर थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

फुटबलको विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन
IMG_20220629_143945-1656492929.jpg

१५ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले फुटबल क्षेत्रको बिकासका लागि सरकारले सक्दो सहयोग गर्ने...

कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो
Screenshot_20220614-19054-1656489795.jpg

१५ असार,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको...

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीले दिइन राजीनामा
IMG_20220629_131123-1656487621.jpg

१५ असार, हेटौंडा । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री...

विपद व्यवस्थापनका लागि तयार रहन स्वास्थ्य मन्त्री लामाको अनुरोध
Nima-Lama-1656486700.jpg

१५ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन...

राष्ट्रिय धान दिवसले खाद्यान्नमा आत्मानिर्भर बनाउँन प्रेरण दिने प्रदेश प्रमुखको विश्वास
mananiya-yadav-chandra-s-1656481570.jpg

१५ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइदै गरिएको राष्ट्रिय धान दिवसका...

थप समाचार