Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विचार

जलवायु परिवर्तन र असर

07-29-04-196535141_295668-1664675161.jpg

►बालकुमार श्रेष्ठ

नेपाललाई जलस्रोतको धनी देश भनेर महेशमान मास्केले एउटा अध्ययन प्रतिवेदनमा जलविधुत (Hydro electricity) क्षमतामा गरेको अनुसन्धान थियो, त्यो वास्तवमा ब्राजिल पछिको दोस्रो नै हो । आदरणीय छवि अनित्य सरले शिक्षकको भाषा पुस्तकमा घनकिमी पानीको मात्राको हिसाबले स्थान निकाल्नुभएको रहेछ, त्यो वास्तवमा ठीकै पनि छ । नेपालको भिरालो जमीन र जलविधुत क्षमता बढी भएको हो ।

त्यस्तो भन्ने नै हो भने त नेपाल एक सानो तर अति नै भौगोलिक र जैविक विविधता भएको देशमा पनि रहेको छ । यो सानो देशलाई जलवायु परिवर्तन सम्बन्धी सम्मेलनको प्रतिवेदनले जलवायु परिवर्तनको कारणले चौथो बढी संकटापन्न मुलुक भनेको छ । अहिले असोज महिनामा यति विध्न बढी नेपालमा बर्षा भइरहनुमा नेपालको किसानको भाग्य र भविष्यको रुपमा हेर्न सकिन्छ । जलवायु परिवर्तनको कारणले मौसमी चक्र ढिलो वा चाँडो शुरु हुनु अन्तर्गत नै असोज महिनामा साउनमा जस्तो पानी परिरहेको हो । बाल जागृति ई. बो. स्कुलले भदौ ३१ गते गरेको आन्तरिक विज्ञान प्रदर्शनीमा कक्षा ९ का भाइबहिनीहरुले ओजोन तह विनाश र ग्लोबल वामिड. सम्बन्धी मोडेल प्रस्तुत गरेका थिए । कतिपय अवस्थामा हरित गृह प्रभाव नियन्त्रणलाई विश्वव्यापी साझेदारीबाट मात्र कम गर्न सकिन्छ । व्यक्तिगत रुपमा सचेतता हुने र औद्योगिक राष्टले हरिग गृह ग्याँस उत्सर्जनमा कमी हुने खालको वातावरणमैत्री प्लाण्टहरु सञ्चालनमा ल्याउने गरेमा मात्र यो संभव छ । 

सोस्टा नेपाललाई सहयोग गर्नुभएको राशी लिन म हेटौंडा स्कुल अफ मेनेजमेन्टमा असोज ३१ गते नै गएको थिएँ । स्लाब ढलान गरेको बाटोमा पानीको ठूलो तलाउ जमेको रहेछ । यसपाली पानी निकै परेको छ भन्ने सोच आउँदा होइन के भइरहेछ ? भन्ने लाग्यो । त्यहाँ पुगेपछि आदरणीय पुरण बहादुर जोशी सरले लेख्न नछाड्ने सल्लाह दिएँ । वहाँले कार्यक्रममा मात्र आएर के गर्नु ? शिक्षकहरु लेख नपढ्ने र अरुको भाषण सुन्ने बेलामा गफ गरेर बस्ने गरेको गुनासो गर्नुभयो । मैले पनि यो जलवायु परिवर्तनको असरको रुपमा बर्षाचक्र लम्बिएको हुनाले बाटोमा पनि पानी देखेर मलाई त्यो बारेमा लेख लेखौं कि जस्तो लाग्यो भनेर सरलाई सुनाएँ । सरले हिट गर हिट गर तिमीले विविध विषयमा जुन कलम चलाउँछौ नि त्यो सब मैले पढेको छु भन्नुभयो । मलाई धेरै खुशी लाग्यो । वास्तवमा अनुशासन र काम संगसंगै हुनुपर्छ भन्ने कुरा हामीले पुरण जोशी सरबाट सिक्नुपर्ने हो, जो आफैमा एक सफल शिक्षासेवी हुनुहुन्छ । आजको लेख म यस्तै सक्रिय पाठकहरुका लागि नेपालको लागि एक उपयोगी लेख जलवायु परिवर्तन र असर लेख्न गैरहेको छु ।

बर्षाचक्र 
वास्तवमा वर्षा चक्र समुद्रबाट वाष्पिकरण भएर वादल बन्छ र हिमाली वा पहाडी क्षेत्रमा पुगेपछि त्यो चिसो भएर जम्न थाल्छ र त्यसको घनत्व बढेपछि गुरुत्वाकर्षणको कारणले जमिनमा बर्षा हुन्छ, त्यो पानी केही मात्रा जमिनमा सोसिएर रहन्छ । बनजंगल भएको क्षेत्रमा धेरैजस्तो रुखका जराले पनि सोसेर पानी राखेका हुन्छन् । केही मात्रा भेल र खहरेसंगै नदीमा बग्छन् । नदीमा बग्ने क्रममा बाढीले रुखबिरुवा नभएको खाली जग्गामा बढी माटो बगाउँछन् , रुख विरुवा भएको ठाउँमा जराले माटो सोसेर राख्ने र रुखका पातहरु र झाडी बुट्यानबाट पानी तर्केर जाने भएकाले थोरै मात्र क्षयीकरण गराउँछन् भनी हामीले भूगोलमा पढेकै छौं । त्यो सामाजिक विषय अनिवार्य भएपछि केही मात्रामा सबै विद्यार्थीलाई थाहा भएकै कुरा हो । 

हरित गृह प्रभाव
अर्को हाम्रो वातावरणको वायुमण्डलमा सबैभन्दा माथि ओजोन तह छ, ओजोन तह भनेको प्राकृतिक ग्याँसले बनाएको यस्तो एउटा रक्षाकवच तह हो जसले सूर्यबाट आउने परावैजनी र अन्य प्राणी तथा वनस्पतिलाई असर पुर्याउने खालको हानिकारक ग्याँसहरुलाई त्यसले पृथ्वीको वायुमण्डलमा पस्न दिन्छ र पृथ्वी तातो भएको ऋतुमा पृथ्वीको तापलाई अन्तरिक्षतिर उत्सर्जन भएर जान छिद्रहरु रहेको हुन्छ । त्यो तह हावाको भए पनि पृथ्वीको गुरुत्वाकर्षण शक्तिले गर्दा पृथ्वीको वरिपरि नै रहेको हुन्छ । त्यस्तो इशयल बिथभच मा विश्वका धनी तथा विकसित देसहरुको कलकारखाना, यातायात र आधुनिक घरेलु उपकरण रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन, गोबरग्याँस प्लाण्ट चुहावट, आदीबाट वायुमण्डलमा सोभैm मिसिने कार्वनडाइ अक्साईड, सल्फर डाई अक्साईड, क्लोरोफ्लोरो कार्वन, कार्वन मोनोअक्साईड जस्ता ग्याँसहरु प्रत्येक बर्ष गएर ओजोन तहमा थुप्रिन थाल्यो । त्यसले गर्दा जाडो महिनामा गर्मी महिनामा प्राप्त हुने किसानको टनेल वा ग्रीनहाउसको जस्तै गरी ओजोन तहमा ती हानिकारक ग्याँसको कारणले फोहोर थुप्रिन गई पृथ्वीको ग्रीष्म ऋतुको तापक्रम अन्तरिक्षतिर जान नपाई हरित गृह प्रभाव शुरु भयो । 

जलवायु परिवर्तनको असर
यो कारणले गर्दा पृथ्वीमा धेरै नै गर्मी बढिरहेको छ । वैज्ञानिकहरुले सन् २०१५ मा गरेको अनुसन्धान अनुसार पृथ्वीको हरेक ४ बर्षमा १ डिग्री सेल्सियस तापक्रम बढिरहेको छ । यसले गर्दा असमयमा बर्षा हुने र असमयमा खडेरी पर्ने, अतिवृष्टि र अनावृष्टिका समस्याहरु पृथ्वीमा आइरहेको छ । यसैको चपेटामा नेपालजस्तो देश बाढिपहिरो र डुवानको समस्यामा बर्षेनी धेरै आर्थिक क्षति बेहोर्न पुगेको छ । आज विश्वमा जतिपनि हरितगृह ग्याँस निस्कन्छ त्यसको १७ प्रतिशत त अमेरिका एउटै देशले बार्षिक रुपमा उत्पादन गर्दछ ।(स्रोत ः सामाजिक अध्ययन, कक्षा १० को पाठ्यपुस्तक, जनक शिक्षा सामग्री केन्द्र)
प्रत्येक बर्ष ग्रीष्म रेखाको मान समुद्र सतहबाट बढ्दै हिमालतिर सर्दै गैरहेको छ, यसले गर्दा निम्न असरहरु देखिरहेको छ ।
१.स्थल ईकोसिस्टममा खराबी आई कतिपय चराहरु र जिवजन्तुले पलायन भएको भने कतिपय पुतली, किराहरु र बनस्पति लोप हुने खतरा रहेको ।
२. बर्षेनी बाढी पहिरो र डुवानको समस्या बढेको
३. डेब्रिस बहाब र नदी थुनिने खतरा रहेको ।
४. तराईमा हुने कालाज्वर र डेंगु रोग पहाड र तल्लो हिमाली बेल्टमा पनि देखिन थालेको ।
५. कतिपय किसानहरुले पहिले लगाउँदै आएको कृषि र फलफूल बाली त्यस ठाउँमा उत्पादन कमी हुँदै गएको तर मुस्ताड. र नाम्चेबजार जस्तो उच्च हिमाली भेगमा सागसब्जी र घाँसपात राम्रोसंग सप्रिन थालेको ।
६. हिमालको हिंउ पग्लिेने दर बढेको, हिमालको मोटाई घटिरहेको, समुद्रमा ताजा पानीको मात्रा बढेको र समुद्री जीवको पनि अनुकुलन हुन समय लागेको साथै समुद्रको जलस्तर बढेर मालद्वीभ्स जस्ता कतिपय टापुहरु डुब्ने खतरामा रहेको तर नेपालको हिमालहरु चट्टानमा परिवर्तन हुने संकेत देखिंदैगरेको ।
७. तिब्र क्षयीकरणको कारणले मरुभूमिकरण बढिरहेको ।
८. कतिपय देसहरुले जलवायू परिवर्तनलाई ध्यानमा नराखी अन्धधुन्ध विकास गर्नाले त्यसको असर सबै विश्वलाई परिरहेको छ ।

यस्ताखाले गतिविधिहरुले पृथ्वीको भविष्य र जीवनलाई नै विस्तार विस्तार संकट उत्पन्न भैरहेको छ । नेपालको भिरालो जमीनको बारै महिना बग्ने नदीनालाहरुको स्रोत हिमाली क्षेत्रबाट वहने प्रथम दर्जाका नदीनालाहरु नै हुन्, तर कतिपय मानिसहरुले जथाभावी बन फँडानी गर्ने, गोबरग्याँस प्लाण्ट विग्रिएमा नबनाउने, पुरानो रेफ्रिजेरेटर नबनाउने, पुराना सवारीसाधन मर्मत नगरी चलाउने गर्नाले नागरिकस्तरबाट पनि जलवायु परिवर्तनलाई प्रशस्त कारणहरु बनेका छन् । नेपालीहरुको उखानै भैसक्यो बेलाको बाली बैंशको छोरा भन्ने, तर जलवायू परिवर्तनले किसानहरुलाई खेतीपाती लगाउने समय र बालीनालीको प्रकारहरु समायोजन गरेर जानुपर्छ । 

स्टकहोममा भएको वातावरणीय सम्मेलनले चीन र अमेरिका जस्ता औद्योगिक देसले निकालेको हरितगृह ग्याँसलाई केन्या, नेपाल, ब्राजिल, नाइजेरिया जस्ता घना बनजंगल भएका देशका बोटबिरुवाले शोषण गरी वातावरण नविकरण गर्ने हुनाले त्यस्ता देशलाई बर्षेनी अनुदान दिनुपर्ने प्रस्ताव पारित भएको थियो, तर त्यसलाई संयुक्त राष्ट संघले कडाइका साथ पालना गराउन सकेन बरु वातावरण मैत्री ग्याँस हालेर मात्र विधुतीय उपकरण बनाउने र नेपालजस्तो देशलाई सस्तोमा सामान पठाउने सम्झौता स्थायी देसहरुले गरे । तर सोही अनुसार चीन, फिनल्याण्ड, रुस, जापानले नेपालको शिक्षा र विकासमा निशर्त अनुदान दिइरहेको पनि छ । चीनको प्रविधिले नेपाललाई सस्तोमै इलेक्टोनिक्स र अन्य उपकरणहरु पठाइरहेको पनि छ । तर अमेरिकाले महंगो उपभोग्य बस्तु र सशर्त अनुदान मात्र दिइरहेछ । नेपालको खोलानाला, शालीग्राम बग्ने नदीको हिरा, मुस्ताड.को युरेनियम दोहन गर्न अहिले नेपालको संसदलाई बाध्य बनाएर एमसिसि सम्झौता चाहिं पास गराएको छ । अब तपाई हामी सबैले बायु प्रदुषण भनेको पनि हामी सबै प्राणीजातिको लागि हानिकारक छ भन्ने अवधारणा शिक्षक, परिवार, समुदाय, नागरिक अगुवा सबैले सिकाउनुपर्छ । 
(लेखक ः श्री सिद्धार्थ मा.वि.को सामाजिक अध्ययन शिक्षक एवम् रेडक्रस तथा टोल विकासका अभियन्ता हुुनुहुन्छ ।)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार