Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

मनहरी ४ मा १५६ जनाको निशुल्क स्वास्थ्य परीक्षण

328676282_138810360198144-1675516648.jpg

२१ माघ, मनहरी । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित पशुपतिनाथ माविमा आयोजित निशुल्क स्वास्थ्य परीक्षणमा शनिवर १५६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 
रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १५६ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । 
चुरेहिल हस्पिटलको प्राविधिक सहयोग एवम् मनहरी गाउँपालिकाको कार्यालय र मनहरीको ४ नम्बर वडाको समन्वयमा भएको शिविरमा सुगर, प्रेसर र नसा सम्बन्धि रोगका विरामी बढी भेटिएका थिए । 
रेडियो मकवानपुर सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।
गाउँपालिका अध्यक्ष कालाखेतीले बार्षिकोत्सवको अवसरमा मनहरी गाउँपालिका स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । गाउँपालिकाका विपन्न परिवारका लागि गरिबसंग विश्वेश्वर स्वास्थ्य कार्यक्रम लागू गरेको जानकारी दिँदै उनले आगामी दिनमा आवश्यकता अनुसार गरिब एवम् विपन्नको क्षेत्रमा कार्यक्रम निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । 
कार्यक्रममा चुरेहिल अस्पतालका फिजिसियन डा. सन्जयकुमार गुप्ताले शिविरमा दिइने सेवाको बिषयमा जानकारी दिँदै जटिल समस्याका बिरामीलाई उपचारमा थप छुट दिइने प्रतिबद्धता जनाए । 
कार्यक्रममा मनहरी गाउँपालिका  कार्यपालिका सदस्य मिरा गौतम, वडा सदस्य दिनेश प्रजा, दिव्यतारा सहकारी सचिव इश्वर पन्डित, फिजिसियन डा. सन्जयकुमार गुप्ता, जनरल सर्जन डा. सरोज प्रधान, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राजिवकुमार सिंह, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी, पशुपतिनाथ मावि अध्यक्ष माधव गौतम लगायतको आतिथ्यता रहेको थियो । 
भोली शनिबार सप्ताहव्यापी कार्यक्रमको समापन हुँदैछ । समापनको क्रममा जिल्लाका दुईजनालाई नगद १० हजार रुपैयाँसहित सामुदायिक सम्मान प्रदान गरिने रेडियोका प्रवन्ध निर्देशक आशिष दुलालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार