२१ माघ, मनहरी । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित पशुपतिनाथ माविमा आयोजित निशुल्क स्वास्थ्य परीक्षणमा शनिवर १५६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १५६ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
चुरेहिल हस्पिटलको प्राविधिक सहयोग एवम् मनहरी गाउँपालिकाको कार्यालय र मनहरीको ४ नम्बर वडाको समन्वयमा भएको शिविरमा सुगर, प्रेसर र नसा सम्बन्धि रोगका विरामी बढी भेटिएका थिए ।
रेडियो मकवानपुर सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।
गाउँपालिका अध्यक्ष कालाखेतीले बार्षिकोत्सवको अवसरमा मनहरी गाउँपालिका स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । गाउँपालिकाका विपन्न परिवारका लागि गरिबसंग विश्वेश्वर स्वास्थ्य कार्यक्रम लागू गरेको जानकारी दिँदै उनले आगामी दिनमा आवश्यकता अनुसार गरिब एवम् विपन्नको क्षेत्रमा कार्यक्रम निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा चुरेहिल अस्पतालका फिजिसियन डा. सन्जयकुमार गुप्ताले शिविरमा दिइने सेवाको बिषयमा जानकारी दिँदै जटिल समस्याका बिरामीलाई उपचारमा थप छुट दिइने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मनहरी गाउँपालिका कार्यपालिका सदस्य मिरा गौतम, वडा सदस्य दिनेश प्रजा, दिव्यतारा सहकारी सचिव इश्वर पन्डित, फिजिसियन डा. सन्जयकुमार गुप्ता, जनरल सर्जन डा. सरोज प्रधान, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राजिवकुमार सिंह, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी, पशुपतिनाथ मावि अध्यक्ष माधव गौतम लगायतको आतिथ्यता रहेको थियो ।
भोली शनिबार सप्ताहव्यापी कार्यक्रमको समापन हुँदैछ । समापनको क्रममा जिल्लाका दुईजनालाई नगद १० हजार रुपैयाँसहित सामुदायिक सम्मान प्रदान गरिने रेडियोका प्रवन्ध निर्देशक आशिष दुलालले जानकारी दिए ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















