Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

जंगली जनावरको आक्रमणमा पिडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्छुः नेता बानियाँ

bhetghat-1677410716.jpg

१४ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरको आक्रमणमा परि मृत्यु भएका परिवारको लागि प्रदेश सरकारबाट क्षतिपूर्तिको व्यवस्था गर्न आफुले पहल गर्ने बताएका छन् । 
गएको माघ ८ गते हात्तीको आक्रमणमा परि निधन भएकी मनहरी–४ तल्लो मसिनेकी राधादेवि अधिकारीको परिवारसँग भेट गर्दै बानियाँले जनावरको आक्रमणमा परि मृत्युु भएका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउन मुख्यमन्त्री शाालिकराम जमकट्टेललाई अनुरोध गरिसकेको जानकारी दिए । 
नेता बानियाँले प्रदेश सरकारले निर्णय गरेर पीडित परिवारलाई कम्तिमा १ लाख रुपैयाँ राहत उपलब्ध गराउनुपर्ने बताए । साथै स्थानीय सरकारले समेत किरिया खर्चको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । जंगली जनावरको आक्रमणबाट मृत्यु भएको परिवारलाई संघीय सरकारले उपलब्ध गराउने १० लाख रुपैंया राहत थोरै भएको उनको भनाई थियो ।
आरक्ष तथा निकुञ्ज क्षेत्र विस्तार हुँदै जाँदा जनावर र मानव द्वन्द बढ्दै गएको नेता बानियाँको भनाई छ । घाँस, दाउरा, खेतीपातीको काममा महिलाको संलग्नता बढि रहेको कारण जनावरको बढि जोखिममा महिलाहरू रहेको भन्दै उनले सुरक्षित भएर काम गर्न पनि सुझाव दिए । नेता बानियाँले  पर्सा राष्ट्रिय निकुञ्ज पदमपोखरी सेक्टर कार्यालय लामिटार पुगेर आक्रोशको बिचमा पनि संयमता अपनाएकोमा सेनालाई धन्यवाद दिएका छन् ।
पीडित परिवार भेट्न मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेस मनहरि गाउँपालिकाका सभापति प्रकाश बर्ताैला, कांग्रेस नेताहरु शंकर न्यौपाने, रमेश पुरी, मनहरी–८ का वडाध्यक्ष नारायण उप्रेती, मनहरी–३ का वडाध्यक्ष अनन्त अर्याल लगायत पुगेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार