Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

जंगली जनावरको आक्रमणमा पिडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्छुः नेता बानियाँ

bhetghat-1677410716.jpg

१४ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरको आक्रमणमा परि मृत्यु भएका परिवारको लागि प्रदेश सरकारबाट क्षतिपूर्तिको व्यवस्था गर्न आफुले पहल गर्ने बताएका छन् । 
गएको माघ ८ गते हात्तीको आक्रमणमा परि निधन भएकी मनहरी–४ तल्लो मसिनेकी राधादेवि अधिकारीको परिवारसँग भेट गर्दै बानियाँले जनावरको आक्रमणमा परि मृत्युु भएका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउन मुख्यमन्त्री शाालिकराम जमकट्टेललाई अनुरोध गरिसकेको जानकारी दिए । 
नेता बानियाँले प्रदेश सरकारले निर्णय गरेर पीडित परिवारलाई कम्तिमा १ लाख रुपैयाँ राहत उपलब्ध गराउनुपर्ने बताए । साथै स्थानीय सरकारले समेत किरिया खर्चको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । जंगली जनावरको आक्रमणबाट मृत्यु भएको परिवारलाई संघीय सरकारले उपलब्ध गराउने १० लाख रुपैंया राहत थोरै भएको उनको भनाई थियो ।
आरक्ष तथा निकुञ्ज क्षेत्र विस्तार हुँदै जाँदा जनावर र मानव द्वन्द बढ्दै गएको नेता बानियाँको भनाई छ । घाँस, दाउरा, खेतीपातीको काममा महिलाको संलग्नता बढि रहेको कारण जनावरको बढि जोखिममा महिलाहरू रहेको भन्दै उनले सुरक्षित भएर काम गर्न पनि सुझाव दिए । नेता बानियाँले  पर्सा राष्ट्रिय निकुञ्ज पदमपोखरी सेक्टर कार्यालय लामिटार पुगेर आक्रोशको बिचमा पनि संयमता अपनाएकोमा सेनालाई धन्यवाद दिएका छन् ।
पीडित परिवार भेट्न मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेस मनहरि गाउँपालिकाका सभापति प्रकाश बर्ताैला, कांग्रेस नेताहरु शंकर न्यौपाने, रमेश पुरी, मनहरी–८ का वडाध्यक्ष नारायण उप्रेती, मनहरी–३ का वडाध्यक्ष अनन्त अर्याल लगायत पुगेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार