Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सडक विस्तारको पक्षमा मकवानपुरका दलहरु

ddfaa-1688950883.jpg

२५ असार, हेटौंडा । हेटौंडा बजार क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गलाई २५ गज विस्तार गर्ने बिषय पेचिलो बन्दै गएको बेला मकवानपुरका क्रियाशिल राजनीतिक दलहरु सडक विस्तारको पक्षमा उभिएका छन् । 
आइतबार हेटौंडामा भएको राजनीतिक दलहरुको छलफलबाट हेटौंडा बजार क्षेत्रको सडक विस्तारमा सहयोग गर्ने र व्यवसायी तथा वास्तविक पीडितहरुको व्यवस्थापनमा एक भएर लाग्ने बताएका छन् । 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैयासम्म र चितवनको नारायणगढसम्म बाटो विस्तार भैसक्दा समेत मकवानपुरमा भने सडक विस्तार रोकिनु उचित नहुँने भन्दै सम्भव भएसम्म वास्तविक पिडित र व्यवसायीहरुको उचित व्यवस्थापन सहित सडक विस्तार गर्न दिने पक्षमा उभिएको दलका प्रतिनिधिहरुले बताएका छन् । 
एमालेका जिल्ला अध्यक्ष समेत रहेका बागमती प्रदेश सांसद् एकालाल श्रेष्ठले बाटो विस्तार हुन कसैले रोक्न नसक्ने बताए । उनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैयासम्म र चितवनको नारायणगढसम्म बाटो विस्तार भैसकेको सन्दर्भमा मकवानपुरमा मात्रै सडक विस्तार रोक्नु नहुँने स्पष्ट पारे । 
यस्तै कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले सडक विस्तारसँगै राहत र क्षतिपूर्तिमा सबै मिलेर पहल गर्नुपर्ने बताए । उनले सडक विस्तारकै कारण कोही पनि सुकुम्बासी हुने अवस्था आउन नहुने तर्फ सचेत हुन उनले सबैलाई आग्रह गरे । 
छलफलका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, एकीकृत समाजवादी मकवानपुर अध्यक्ष बिष्णु दाहाल, माओवादी केन्द्रका उपमहानगर अध्यक्ष तीर्थबहादुर थापा मगर, राप्रपा नेपालका जिल्ला सचिव भृगु कार्की लगाएतको उपस्थिति रहेको थियो ।
उनीहरुले हेटौंडाको विकास र प्रदेश राजधानीको स्थायित्वका लागि सडक विस्तार अनिवार्य भएकोले सबैले सहजिकरण गर्नुपर्ने बताएका थिए । सडक विस्तारलाई सधैं अल्झाएर राख्न नहुँने उनिहरुको भनाई थियो । उनीहरुले सडक क्षेत्र विस्तार गर्दा हुने वास्तविक पिडितहरुको उचित माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

थप समाचार