Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुकुम्बासी समस्या समाधान गरिदिन प्रधानमन्त्रीलाई आग्रह

fdaaaa-1692753553.jpg

६ भदौ, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाको टोली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर वर्षौंदेखि भोगचलन गर्दै आएका तर लालपुर्जा नपाएका भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिदिन आग्रह गरेको छ ।
भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउनुपर्ने मागसहित गाउँपालिकाको टोलीले मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेर यस्तो आग्रह गरेको हो । गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा दिलाउने विषयमा राष्ट्रिय निकुञ्ज बाधक बनेकोले आवश्यक सहजीकरणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । 
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनले वर्षौंदेखि बसोबास गर्दै आएका मनहरीका धेरै विपन्नहरु लालपुर्जा विहीन रहेको बताए । ‘एउटै टोलमा बस्नेमध्ये पनि कसैको पुर्जा छ, कसैको छैन’, उनले भने, ‘भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिलाउन लागिपरेका छौं तर पर्सा राष्ट्रिय निकुञ्ज यसको बाधक भएको छ ।’ 
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सर्वसाधारणले घरायसी प्रयोगको लागि ढुङ्गा, गिटी, वालुवा ल्याउँदा समेत अनेक दुःख भोग्नु परेको उनको भनाई थियो । गाउँपालिका अध्यक्ष कालाखेतीले भूमिहीन सुकुम्बासीका लागि लालपुर्जा वितरण गर्ने विषयमा आवश्यक सहयोग एवम् सहजीकरणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरे । 
मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँले गाउँपालिकाले उठान गरेको विषयमा सहजीकरण गरी यथासक्य छिटो लालपुर्जा वितरण गर्ने वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरे । बर्षौंदेखी भोगचलन गर्दै आएको जग्गा नापी गरेर पुर्जा वितरण गर्नुपर्ने उनको माग थियो ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले निकुञ्जका कारण नेपालमा धेरै सर्वसाधारण पीडित हुनुपरेको स्मरण गराउँदै यो समस्या दीर्घकालीन रुपमा समाधान हुनुपर्ने धारणा राखे । 
‘जल, जमिन, जंगल र जनावरको आवश्यक संरक्षण जरुरी छ । तर त्यसो भन्दैमा आरक्ष वा निकुञ्जकै कारण सर्वसाधारणले दुःख भोग्न बाध्य हुनु गम्भीर विषय हो’, उनले भने, ‘मनहरी गाउँपालिकासहित देशैभरबाट आवाज उठिरहेको यस विषयमा एउटा निर्णयमा पुग्न जरुरी छ ।’ 
गाउँपालिकाको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले ऐन संशोधन गर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘मेरो निर्वाचन क्षेत्र चितवनमा पनि यो खालको समस्या छ । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाउनेछु’, उनले भने, ‘यो समस्या समाधान गर्दै भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने वातावरण बनाउनेछु ।’ 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार