Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

बानियाँद्वारा टसी मोलम गुम्बाको नवनिर्मित भवनको उद्घाटन

Screenshot_20240628_14380-1719564789.jpg

१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
गुम्बाका अध्यक्ष चन्द्रबहादुर लोको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शुक्रबार गुम्बा भवन उद्घाटन गरेका हुन् ।
नेता बानियाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुँदा संघीय सरकारको २ लाख रुपैयाँबाट निर्माण शुरु गरिएको गुम्बामा मकवानपुरगढी १ वडा कार्यालयबाट पटक/पटक गरेर १२ लाख रुपैयाँ तथा जनश्रमदानबाट निर्माण सम्पन्न भएको थियो ।
प्रमुख अतिथि नेता बानियाँले तामाङ जातीहरुको बाहुल्य बसोबास रहेको रानीसेरामा बौद्ध गुम्बाले सबै टोल समुदायका बासिन्दालाई एकजुट बनाउँदै सत्य र अहिंसाको बाटोमा लाग्न प्रेरित गर्ने बताए ।
स्थानीय नेता, समाजसेवी तथा अग्रजहरुको आग्रहमा आफूले संघीय मन्त्री हुँदा संघीय सरकारबाट वजेट विनियोजनमा सहयोग गरेको बताउँदै नेता बानियाँले आगामी दिनमा पनि यस गुम्बाको घेराबारा तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, मकवानपुरगढी १ का वडा अध्यक्ष आईतसिं लो, वडा नम्बर ७ का वडा अध्यक्ष सुर्यबहादुर रुम्बा, कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजविर मोक्तान, कोषाध्यक्ष आकाश गोले, समाजसेवीहरु सुवात सिं थिङ, सुर्यबहादुर स्याङतान, रामप्रसाद चौरेललगायतले मन्तव्य ब्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार