१५ भदौ, मनहरी । नेपाली कांग्रेस मनहरी गाउँपालिकाले शुक्रबार मनहरी गाउँपालिकास्तरीय क्रियाशिल वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुलीको सभाध्यक्षता, नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता तथा नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक महेश दाहालको विशिष्ट आतिथ्यतामा क्रियाशिल, साधारण सदस्य वितरण तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।
मनहरी बजारमा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं प्रशिक्षक दाहालले कांग्रेसको विगत, वर्तमान र भविष्यमा गर्नुपर्ने कार्यक्रमहरुको बारेमा कांग्रेसका क्रियाशिल कार्यकर्ताहरुलाई प्रष्ट पारेका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सचिव एवं प्रशिक्षण विभाग प्रमूख बुद्ध लामा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, महासमिति सदस्य रञ्जन कालाखेती, जिल्ला सदस्यहरु नवराज उप्रेती, नवराज सुवेदी, भीमसेन महत, ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तान, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, मनहरी गाउँपालिका अध्यक्षका उम्मेदवार शंकर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रशिक्षणपछि मनहरी गाउँपालिकाका क्रियाशिल र साधारण सदस्यहरुलाई सदस्यता कार्ड प्रमुख अतिथि र अतिथिहरुले प्रदान गरेका थिए ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















