नारायण घिमिरे
कुनै पनि राष्ट्रले कुनै अमूक प्रणाली अपनाउनुका पछाडि आधारभूत उद्देश्य हुन्छन् । मोटामोटी रूपमा अर्गानिक खेती प्रणाली अपनाउनुका पछाडि पनि आधारभूत उद्देश्य छन् । जस्तै ः दीर्घकालसम्म माटोको उत्पादकत्व कायम राख्न । कृषि प्रविधिका कारण हुनसक्ने सबै प्रकारका प्रदूषण रोक्न ।
पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तरयुक्त खाद्य पदार्थहरू उत्पादन गर्न । कृषि अभ्यासमा कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासजस्ता जीवाणु अवशेषयुक्त फोसिल ऊर्जाको प्रयोग कम गर्न । पशुपालनमा जरुरी हुने पशुको भौतिक र शारीरिक उपलब्ध गराउन । कृषक र कृषि उत्पादकहरू पेसाबाट जीवन बिताउन र विकास सम्भव तुल्याउन ।
नेपालमा अर्गानिक खेती र जैविक खेती एकै हो भन्ने भ्रम छ । कुनै पनि खेतीको उत्पादन र प्रशोधन प्राकृतिक अथवा जैविक तरिकाबाट गर्दैमा तपाईंको उत्पादन अर्गानिक बन्दैन । तपाईंको कृषि उपज अथवा कृषिमा आधारित उत्पादन अर्गानिक हुन तपाईंले त्यसका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने हुन्छ ।
यदि तपाई आफ्नो बारीमा अर्गानिक फसल उत्पादन गरी बेच्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईंको भूमिले मुख्य दुई अनिवार्य आधारभूत आवश्यकता पूरा गर्नु पर्नेछ । पहिलो, तपाईंले खेती गर्न छान्नुभएको जमिनमा कम्तीमा ३ वर्षदेखि राष्ट्रिय सूचीमा अर्गानिक खेती गर्ने जमिनमा प्रयोग गर्न निषेध गरिएका भनी उल्लेख गरिएका पदार्थहरू प्रयोग गरिएको हुनुहुँदैन ।
उदाहरणका लागि यदि तपाईंले ३ वर्षभित्र कुनै पनि बेला कुनै पनि बहानामा राष्ट्रिय सूचीमा सूचीकृत विषादी जस्तै– अर्गानोक्लोरिक पेष्टिसाइडहरू जमिनमा प्रयोग भएका छन् भने उक्त जमिनमा जैविक खेती गर्दैमा फसल अर्गानिक भनी दाबी गर्न पाइँदैन । किनकि उक्त फसलमा विषादि (पेष्टिसाइड) का अवशेषहरू रहन सक्छन् ।
विषादीको काम गर्ने प्राकृतिक रूपमै पाइने बिरुवाका झोल वा एक्सट्रेक, किरा, परजीवी र फङ्गस आदिजस्ता जैविक विषादी प्रायः राष्ट्रिय सूचीमा सूचीकृत हुँदैनन् । सूचीकृत नरहेको अवस्थामा प्रयोग गर्न मिल्छ । दोस्रो, अर्गानिक खेतीका लागि छानिएको जग्गा अर्गानिक खेती नगरिने जग्गासँग नियमले तोकेका सर्त पालन हुनेगरी सीमा र बफर क्षेत्रहरू छुट्टिएको हुनुपर्छ ।
छिमेकको जमिनमा प्रयोग गरिने अर्गानिक खेतीमा प्रयोग गर्न निषेधित पदार्थहरू तपाईको भूमिसम्म पुग्ने सम्पूर्ण सम्भावना नरोकी तपाईंले जैविक खेती गर्दैमा त्यहाँ उब्जेको फसल अर्गानिक भनी दाबी गर्न पाइँदैन ।
अर्गानिक खेतीमा लाग्न चाहने किसानसित जनावरको मल र कम्पोष्ट मलबारे गहिरो ज्ञान हुनु जरुरी छ । कुनै पनि जनावरको कच्चा गोबर र मुतलाई जनावरको मल भनिन्छ । गोबर चौपायाले पचेर बाँकी रहेको घाँस र अन्नपातबाट हुन्छ । गोबर र मुतमा हुने बिरुवाको पोषण तत्त्वलाई न्युट्रियन्ट भनिन्छ ।
न्युट्रियन्टमा लगभग ३ प्रतिशत नाइट्रोजन, २ प्रतिशत फस्फोरस र १ प्रतिशत पोटासियम हुन्छ । माटोमा उर्वरता दिन विभिन्न रुख, जडीबुटी र झाडीबाट आउने बिरुवाका हरिया पात, डाँठ र जराहरू तोकिएको तरिकाले सीमित अवधिसम्म कुहाएर कम्पोष्ट मल बनाउन सकिन्छ । यसले माटोमा बिरुवालाई आवश्यक हुने नाइट्रोजन, पोटासियम, फस्फोरस र अन्य खनिज पदार्थमात्र होइन, रासायनिक मलको प्रयोगले बिग्रिएको माटोको बनावटलाई अर्गानिक तत्त्व उपलब्ध गराएर सुधार गर्छ ।
मल्चमा रहेको कुहिएका पातहरू, काठ, घाँस, जरा आदिले माटोमा पानी, मिनरल, अक्सिजन, नाइट्रोजन, फस्फोरस आदि समातेर राख्न सक्ने बनाउँछ । साथै बिरुवाका लागि हानिकारक हुने रोग र किराका लागि प्रतिकूल वातावरण बनाइदिन्छ । किसानका लागि जैविक मल र जैविक विषादीको उचित समिकरणको प्रयोग रासायनिक मल र रासायनिक विषादीको विकल्प हुने गर्छ ।
परम्परागत पशुपालनबाट प्राप्त हुने जनावरको मल र जैविक विधिबाट बनाइने कम्पोष्ट मलबाट आज संसारमा भइरहेको अर्गानिक खेतीका लागि जरुरी हुने प्राकृतिक मलको मुख्य आपूर्ति हुन्छ । कम्पोष्ट मलको प्रयोगबिना परम्परागत पशुपालनबाट प्राप्त हुने जनावरको मलको मात्र उपयोगबाट जैविक खेती गर्न खोज्नु व्यावहारिक हुँदैन ।
अर्गानिक कृषि पद्धति एक सरल आधारभूत नियमद्वारा बाँधिएको छ । अर्गानिक कृषि र कृषि उद्यममा प्राकृतिक रूपमा उपलब्ध जैविक पदार्थहरूको प्रयोग गरिन्छ । मानव स्वस्थ र पर्यावरणलाई हानि पुर्याउने पदार्थहरू तथा सिन्थेटिक वा रसायनहरूलाई प्रतिबन्ध गरिन्छ ।
सिद्धान्ततः अर्गानिक खेती प्रणाली र कृषि उद्यममा रासायनिक मल, रासायनिक विषादी, रासायनिक इन्जाइम र आनुवंशिक परिमार्जित गरिएको बिउबिजन प्रयोग गर्न मिल्दैन ।
कतिपय सन्दर्भमा यस्ता पदार्थहरू अर्गानिक उत्पादन र प्रशोधनका लागि उपलब्धताको निश्चितता जरुरी हुन्छ । जसका लागि अन्तर्राष्ट्रिय रूपमै अर्गानिक उत्पादन र प्रशोधनका लागि स्वीकृत गरिएका र प्रतिबन्ध गरिएका सूची बनाइएको छ । जसलाई राष्ट्रिय सूची भनिन्छ ।
अर्गानिक उत्पादन र प्रशोधनका लागि स्वीकृत सूचीमा रहेका कतिपय विवादरहित भने छैनन् । जे होस्, ती पदार्थ अपवादकोरूपमा स्वीकृत सूचीमा समावेश गरिएकाले अर्गानिक फुड्स प्रोडक्सन ऐनद्वारा निर्दिष्ट तीन महत्त्वपूर्ण मापदण्ड पूरा गरिसकेपछि मात्र उपयोग गर्न दिइन्छ ।
पहिलो यो मानव स्वास्थ्य वा वातावरणका लागि हानिकारक नभएको प्रमाणित हुनुपर्छ । दोस्रो, अर्गानिक उत्पादन वा प्रशोधनका लागि उक्त पदार्थको विकल्प बजारमा उपलब्ध नभएको वा उपलब्ध भए पनि व्यापारलाई जरुरी हुने मात्रामा उपलब्ध नभएको हुनुपर्छ । कहिलेकाहीं बजारमा उक्त पदार्थको अर्गानिक विकल्प भए पनि उक्त विकल्पले बजार माग पूर्ति गर्न जरुरी गुणस्तर पूर्ति गर्ने अवस्था नहुन सक्छ । तेस्रो, उक्त विकल्प अर्गानिक उत्पादनको आधारभूत उद्देश्यहरूको सिद्धान्तको खिलाफमा हुनुहुँदैन ।
गुणस्तरीय मानव खाद्य व्यवस्थापनको आजको विश्वको पहिलो प्राथमिकता खाद्यबाट मानव सुरक्षाको सुनिश्चित हुनुपर्छ भन्ने छ । अनि खाद्यमा फाइटोकेमिकल्सको मात्रा सन्तोषजनक छरछैन, हेरिन्छ । अन्तिममा मात्र खानाले उपलब्ध गराउने पोषण तत्त्वबारे बुझिन्छ ।
अझै पनि विश्वभर गरिब र पिछडिएका देशका ३५–४५ लाख हेक्टर भूमिमा मानव दिसापिसाब र सिंचाइमार्फत खेती गरिएको भेटिन्छ । फोहोर मिश्रित पानी र मानव मलमूत्र जैविक हुँदाहुँदै उक्त कृषि प्रणालीले रोगका संक्रमण र जैविक विकारबाट हुने प्रदूषणहरू रोक्न असमर्थ हुनेहुँदा अर्गानिक कृषिमा उपयोग गर्न प्रतिबन्ध छ ।
परिणाम, कृषि उपज र तिनबाट बनेका पदार्थहरू अर्गानिक हो–होइन, प्रमाणित गर्नु अघि उक्त उपज उत्पादनको बेला औद्योगिक फोहोर, बजारबाट निक्लने नालीका फोहोर र घरबाट निस्कने दिसापिसाब आदि नमिसिएको पूर्णरूपमै यकिन भएपछि मात्र उत्पादनलाई अर्गानिक भनी प्रमाणित गरिन्छ ।
मानव सुरक्षाका लागि खेतीमा फोहोर–मैला प्रशोधन केन्द्रबाट आउने पानी वा मल, सिवेज वा सल्ज मलको रूपमा हालिएको, आयोनाइज रेडिएसन प्रयोग गरिएको, जिन इन्जिनियर गरिएको बिउ प्रयोग भएको, कृषि उपजको तेल वा रस निकाल्न रासायनिक घोल आदि प्रयोग हुनुहुँदैन । अर्गानिक खेती फ्रणालीमा यस्ता कुरा स्वीकारिँदैन ।
(लेखक क्यानाडा निवासी खाद्य वैज्ञानिक हुन् ।)
साभार : कान्तिपुर
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

