७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अब मकवानपुरे जनताहरुले बासको प्यारापिटमा बसेर फुटबल हर्नुपर्ने बाध्यताको अनत्य हुने बताएका छन ।
बिहिबारबाट हेटौँडा १०मा रहेको फरेष्ट्रीको खेलमैदानमा सुरु भएको दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकपको उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले छिट्टै हेटौँडा उपमहानगरको सहकार्यमा हुप्राचौरमा सुविधासम्पन्न प्यारापिट सहितको खेलमैदानको निर्माण हुने र त्यसपछि मकवानपुरे जनताहरुले बासको प्यारापिटमा बसेर फुटबल हर्नुपर्ने बाध्यताको अनत्य हुने बताएका हुन ।
मुख्यमन्त्री पौडेलले मकवानपुर राष्ट्रिय फुटबलको क्षेत्रमा महान खेलाडिहरु जन्माउन सफल भएको जिल्ला भएको भन्दै मकवानपुरमा फुटबलको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । त्यसैगरी उनले हेटौँडा ६ मा रहेको गौरिटारमा रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउने समेत बताए ।
उदघाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बाँनीयाले फुटबल लोकप्रिय खेल भएकोले प्रदेश सरकार त्यसको विकासमा लागि लाग्नु पर्ने बताए ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत,बागमती गाउपालिका अध्यक्ष सरकेश घलान, हेटौँडा ५का वडाध्यक्ष राजेश बानिया, शिक्षासेवी पुरनबहादुर जोशी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षतामा भएको थियो।
चैत ७ गते बाट चैत १६ गते सम्म चल्ने फुटबल प्रतियोगिताम आयोजक मकवानपुर ११,विदेशी क्लब दाफिन्स,थ्रीस्टार,आर्मी,प्रहरी,सशस्त्र,हिमालयन शेर्पा,च्यासल,सरस्वती र मच्छिन्द्र क्लब सहित राष्ट्रियस्तरको ए डिभिजन क्लबका आठ टोलीको सहभागिता रहेको छ
प्रतियोगितामा विजेता प्रथम हुने टिमलाई ८ लाख र उपवजेता दोस्रो हुने टिमलाई ४ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपयाँ र विधागद उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०÷२० हजार रुपयाँ रहेको बताईएको छ ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...