Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

आयव्यय सार्वजनिकको माग गर्दै नयाँ शक्तिको ज्ञापनपत्र

Gyapan-patra-1471430592.jpg

१ भदौ, हेटौंडा । नयाँ शक्ति नेपाल मकवानपुरले आय व्यय सार्वजनिक गर्न माग गर्दै बुधबार मकवानपुरका स्थानिय निकायमा ज्ञापन पत्र बुझाएको छ । पार्टी संयोजक प्रल्हाद लामिछानेको नेतृत्वमा र्यालीसहित पुगेको टोलीले जिल्ला विकास समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकामा १५ दिनभित्र आयव्यय सार्वजनिक गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

टोलीले जिल्ला विकास समितिको कार्यालय मकवानपुरका निमित्त स्थानिय विकास अधिकारी निर्मल प्याकुरेललाई आर्थिक वर्ष ०५९/६० देखि ०७२/७३ सम्मको आयव्यय १५ दिन भित्र सार्वजनिक गर्न माग गर्दै ज्ञापन बुझायो । ज्ञापन पत्र बुझ्दै प्याकुरेलले आफुहरुले छिटो भन्दा छिटो माग गरेको सुचना विवरण सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफुहरुले विभिन्न समयमा सूचना सार्वजनिक गरिरहेको दावि गर्दै नयाँ शक्तिको माग अनुसार फेरि पनि सार्वजनिक गर्न जिविस तयार रहेको बताए ।

टोलीले हेटौंडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकर प्रसाद उपाध्यायलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा माग गरिएको सुचना २०६४ सालसम्म हस्तलिखित भएकोले केहि समय लाग्ने र बाँकी वर्षका सूचना छिटै दिने प्रबन्धक विके महर्जनले बताए । कार्यक्रममा निमित्त कार्यकारी अधिकृत उपाध्यायले स्थानिय निकाय श्रोत परिचालन कार्यविधि अनुसार सञ्चालन भएको स्थानिय निकायको जानकारी गराउँदै माग अनुसारको सुचना जति सक्दो छिटो सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे ।  हेटौंडामा सहसंयोजक ज्योति रायमाझि, विवेक वाइवा, जीवन मोक्तान लगायत जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

थाहामा पनि ज्ञापन

कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका कार्यालयमा पनि आयव्यय माग गर्दै ज्ञापन पत्र बुझाइएको नयाँ शक्ति नेपाल थाहा नगर संयोजक सुजन रायमाझिले बताए ।  रायमाझिले थाहा नगर पालिका कार्यालयका प्रमुख भिम परियारलाई ज्ञापन पत्र बुझाएको बताए । कार्यक्रममा नगरपालिकाको तर्फबाट अनिल लामिछाने तथा नयाँ शक्तिका २ नम्बर  क्षेत्र संयोजक इन्द्र श्रेष्ठ, किसन रायमाझी लगायतको सहभागिता रहेको थियो । २०५९ सालदेखि प्रतिनिधिविहिन हुँदा अराजगता बढेको र अपारदर्शिताको विषय उठिरहेकाले अभिया नेपालको संविधान २०७२, भाग ३ को धारा २७ मा रहको मौलिक अधिकार अन्तर्गत सूचना मागिएको संयोजक लामिछानेको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार