Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा

England-1530667629.jpg

२० असार, हेटौँडा । कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि नजतिजा पेनाल्टी शुटआउटबाट निकालिएको हो । पेनाल्टीमा इंग्ल्याण्डका एक खेलाडी चुक्दा कोलम्बियाका दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेन ।
कोलम्बियाका आन्द्रेस युरिवको पेनाल्टी क्रसबारमा लागेको थियो भने कार्लोस बाक्काको प्रहार इंग्लिस गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए । 
यस्तै कोलम्बियाका कप्तान रामाडेल फाल्काओ, लुइस मुरियल र जुहान कार्डाडोले गोल गरे भने इंग्ल्याण्डका कप्तान ह्यारी केन, मार्कोस राशफोर्ड, केरन ट्रिपियर र इरिक डायरले गोल गरे ।
यसअघि निर्धारित समयमा विवादास्पद पेनाल्टीमा ह्यारी केनले गोल गरेपछि इंग्ल्याण्डले १–० को अग्रता लिएको थियो । कोलम्बियाली डिफेण्डर कार्लोस सान्चेसले डिबक्सभित्र इंग्लिस कप्तान केनलाई फल गरेपछि इंग्ल्याण्डले खेलको ५७औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो ।
यस्तै नियमित समयमा थपिएको ५ मिनेटको इन्ज्यूरी समयको तेस्रो मिनेटमा कोलम्बियाका जुहान कुआड्रार्डोको कर्नरमा स्टार डिफेण्डर यारी मिनाले गोल गरी खेलमा शनशनीपूर्ण बराबरी गरेपछि खेल अतिरिक्त ३० मिनेटको समयमा पुगेको थियो । 
इंग्ल्याण्डले विश्वकपमा सन् १९९० यता तेस्रो पटक नकआउट खेल जितेको हो ।
(एजेन्सी)
 

Englandf-1530667630.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार