- डा. अरुण उप्रेती
बोझो, खदरादी र कागतीले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मेरो व्यक्तिगत अनुभव छ । नेपालभित्र मात्र होइन नेपालबाहिर जाँदा पनि बोझो र खदरादी प्रायः साथमै हुन्छ । किनभने औषधि भनेको जुनसुकै बेला पनि चाहिन सक्छ ।
घाँटी दुखेको बेलामा बोझोले धेरै फाइदा गर्छ । दुखाइ कम गर्नुका साथै बोल्न सहज गराउँछ । सामान्य अवस्थामा पनि धेरै बोल्नु छ भने पहिला नै मुखमा बोझो राख्दा फाइदा गर्छ । बोलीमा पनि निखार ल्याउँछ ।
आयुर्वेदिक औषधिहरूमा प्रशस्त प्रयोग गरिने बोझोको उपयोगिताबारेमा सबै समुदायमा पर्याप्त जानकारी नभए पनि कुनै–कुनै समुदायमा परम्परागतरुपमा प्रयोग गर्ने गरिन्छ । मैले केही वर्षअघि कैलालीको एक समुदायमा घाँटी दुखाइको उपचार गर्न बोझोलाई निकै महत्व दिने गरेको पाएको थिएँ । त्यहाँकी एक महिलाले दिएको जानकारीअनुसार पहिला त बच्चाहरूलाई घाँटीमा बोझोको टुक्राको माला नै लगाइदिने चलन थियो रे ∕ तर अहिले आधुनिक औषधिहरुको व्यापक प्रचलनले यसको महत्व घट्दै गएको छ ।
बोझो सहजैसँग उम्रिने, कुनै स्याहार नचाहिने वनस्पति हो । गमलामा वा सानो टुक्रा जमिनमा पनि बोझो उमार्न र हुर्काउन सकिन्छ । वर्षातमा एकचोटि रोपेपछि आफैं बिस्तारै फैलिँदै जान्छ । यसको जरा बढ्दै जान्छ र यही जरा औषधिको रुपमा उपयोग हुन्छ । असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुने अनुभव छ ।
कतिपय अवस्थामा यसले एन्टिबायोटिकले जस्तै काम गर्छ । घाँटीमा संक्रमण भएर एन्टिबायोटिक खाँदा पनि सानो बोझोको टुक्रा ४–५ दिनसम्म लगातार मुखमा राखिरहँदा छिटो फाइदा गर्छ । तर विचार गर्नुपर्ने कुरा के छ भने, कसै–कसैलाई यो धेरै प्रयोग गर्दा सुख्खा भएर नाकबाट रगत आउन सक्छ । त्यसैले एकैचोटि धेरै प्रयोग गर्नुहुन्न । बोझोको बारेमा अहिले वैज्ञानिक अनुसन्धान पनि भइरहेको छ ।
यस्तै घाँटीलाई स्वस्थ राख्नका लागि प्रयोग गरिने अर्को जडीबुटी औषधि हो खदरादी, जुन वैद्यका पसलहरुमा सहजै पाइन्छ । खोकी लागेको बेलामा खदरादी मुखमा राखेर चुसिरहँदा फाइदा गर्छ । तर दैनिक तीन–चारवटाभन्दा बढी प्रयोग गर्नुहुन्न । बढी प्रयोग गर्दा यसले मुटुको धड्कन बढाउन सक्छ । पहिला म आफैंले दिनमा ७–८ वटा खदरादीको प्रयोग गर्दा मुटुको धड्कन बढ्न गएको थियो । यससम्बन्धी विज्ञ डा। सरिता श्रेष्ठसँग छलफल गर्दा उहाँले पनि खदरादीको प्रयोग दिनमा ६–७ वटा गरेमा यसले मुटुको धड्कन बढ्न सक्ने जानकारी दिनुभयो । वैद्यको औषधि भन्नेबित्तिकै जथाभावी प्रयोग गर्नुहुँदैन, यसबाट पनि साइड इफेक्ट हुन सक्छ ।
घाँटीको समस्याको लागि बोझो र खदरादीको प्रयोग निकै लाभदायक हुन्छ । म पनि यसको प्रयोग गर्छु । यस्तो कुरा गर्दा मलाई कतिपय साथीले ‘पुरातनवादी’ पनि भन्छन् । तर बोझोको औषधीय गुणको बारेमा जब अंग्रेजीमा लेखिएको वेबसाइटमा देखाएपछि चाहिँ धेरैले विश्वास गर्छन् । अंग्रेजीमा लेखेपछि मात्र वैज्ञानिक सत्य मान्ने सोच अझै पनि धेरैमा छ ।
असुरोको पात पकाएर कुल्ला गर्नाले दाँत तथा गिजाका रोगीलाई फाइदा हुन्छ भनेर गाउँघरमा पहिले सुन्थें, तर त्यति वास्ता गरिएको थिएन । असुरोको औषधीय महत्वको बारेमा केही वैद्यहरुसँग छलफल गरेपछि यसबारेमा थप ज्ञान भयो । उहाँहरुको भनाइअनुसार असुरोको १० ग्राम रसमा मह मिसाएर बिहान–बेलुका खाँदा महिलाहरूलाई श्वेत प्रदरको समस्या ठीक हुन्छ । यसमा रहेको केही विशेष तत्वले विभिन्न संक्रमण कम मर्न मद्दत गर्छ । असुरोको सुकेको पात पुस्तकका पानाहरूमा राख्दा कीरा लाग्दैन । असुरोको पात पानीमा उमालेर खाँदा कफ सजिलै बाहिर निस्कन्छ । असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुने अनुभव छ ।
विभिन्न बिरुवाको बारेमा जानकारी राख्नेहरूले चरिअमिलोलाई पानीमा उमालेर मुखमा कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् । युरोपतिर चरिअमिलोलाई सलादमा हालेर पनि खान्छन् । गिजाबाट रगत आउने, घाउखटिरा भएर पाक्ने, दुख्ने र सुन्निने भएमा चरिअमिलोको बोट सफा गरी चपाएर कुल्ला गर्नाले निको हुन्छ । यसलाई गाईवस्तुको लागि घाँसको रूपमा अन्य घाँससँग मिसाएर खुवाउने गरिन्छ, जसले गर्दा दूधको उत्पादन धेरै हुन्छ ।
यसै गरी अमला बहुउपयोगी फल हो । अमलाको तितौरा बनाएर वा त्यसै पनि खाने गरिन्छ । यसलाई सुकाएर विभिन्न औषधि बनाउने गरिन्छ । धार्मिक दृष्टिकोणले अमला पवित्र मानिन्छ । भगवान् विष्णुको मन पर्ने फलमा अमला विष्णुको पूजामा नैवेद्यको रूपमा चढाइन्छ । शायद यसको औषधीय महत्व भएर होला । कब्जियत रोक्नका लागि प्रयोग गरिने त्रिफलामा अमला पनि हुन्छ तर त्रिफलाको विज्ञापन राम्रा–राम्रा हिरो–हिरोइनले गर्दैनन् । त्यसैले त्रिफलाको महत्व धेरैले बुझ्दैनन् । कब्जियत हटाउन महँगा औषधिहरूको प्रयोग गरेर खुशी हुने हाम्रो चलन छ । नजिकको तीर्थ हेला भनेको यही होला । (नेपालसमाचारपत्रबाट)
१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन। झापाको दमक नगरपालिका,कमल...
१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...
१६ फागुन, मोरङ । मोरङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी–३ का सहचालक...
१६ फागुन, काठमाडौं । अधिकांश पहाडी क्षेत्रमा आइतबार मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१५ फागुन, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले नेपाली कांग्रेस अहिले कसैको पक्षमा नरहेको...
१५ फागुन,हेटौंडा। रेडियो मकवानपुरले प्रत्येक बर्ष सामुदायिक क्षेत्रमा काम गर्ने दुईजना व्यक्तिलाई दिदै आएको...
१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको छ ।...
४ फागुन, हेटौंडा । हेटौंडा-१ मा रहेको सञ्चो अस्पतालमा तोडफोड भएको छ । क्यान्सर पीडित विरामीको मृत्यु भएको विषयलाई...
१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
२ फागुन,हेटौँडा । मकवानपुर प्रहरीले मोटरसाइकल चोरी कार्यमा संलग्न ३ जनालाई चोरी भएको मोटरसाइकल सहित पक्राउ...
४ फागनु, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत हेटौंडा–६ स्थित चौघडा–रंगशाला सडक खण्ड आजदेखि बन्द हुने...
१२ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ कर्रामा भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका...
७ फागुन,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला...
४ फागुन,हेटौंडा । हेटौंडा -२ मा रहेको सिद्धार्थ माविलाई पूर्व विद्यार्थीहरूले विभिन्न सामाग्री सहयोग गरेका...
९फागुन,हेटौंडा। मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पत्रकार,स्थानिय,मतदाता र न्यायालयको सहि ...