२४ फागुन,हेटौंडा। हेटौडा-६ चौघडामा रहेको नवजिवन ज्योती क्लबको सामुदायिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। हेटौडाका उपमेयर राजेश बानियाँ र हेटौडा-६ का वडाअध्यक्ष बिष्णु बहादुर दाहालले संयुक्त रुपमा सामुदायिक भवनको निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख आतिथ्यता हेटौंडाका उपमेयर राजेश बानियाँको रहेको थियो।
शिलान्यास कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, वंशगोपाल बहुमुखी क्याम्पसका अध्यक्ष उज्ज्वल चौलागाई, वंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, स्थानीय समाजसेवी बद्री बहादुर पाठक, क्लबका सल्लाहकार गणेश कुमार श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विजयकुमार श्रेष्ठले १० हजार रूपैयाँ सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु, ६ नम्बर वडा सचिव आमोद प्रसाद मैनाली, रानी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष केशव धिताल, जनकल्याण बचत तथा ऋण सहकारी उपाध्याय श्यामप्रसाद भट्टराई, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीयहरुको उपस्थिती रहेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपमेयर बानियाँले नेपालकै पहिलो सुइरो अभियानको सुरुवात गरेर राष्ट्रिय पुरस्कार पाएको क्लबलाई समाजमा देखिएको समस्या अन्त्यका गर्न र सामाजिक परिवर्तनमा लाग्न थप प्रेरणा मिलोस् भन्दै शुभकमान व्यक्त गरेका थिए।
क्लबको शिलान्यास गरिएको ३ कोठे सामुदायिक भवन हेटौंडा उपमहानगरको ५ लाख सहयोग र उपभोक्ताबाट ५८ हजार गरी कुल ५ लाख ५८ हजार लागतमा निर्माण हुने क्लबका अध्यक्ष राजकुमार बास्तोलाले बताएका छन् । २०४७ सालमा स्थापना भएको क्लब वातावरण संरक्षण राष्ट्रिय पुरस्कार २०५८ बाट समेत सम्मानित भएको थियो।
७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...
७ चैत्र, हेटौडा । हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...
७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...
७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...
७ चैत, हेटौंडा । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा...
७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा...
७ चैत, हेटौंडा । घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रपति तथा...
७ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण...
७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...
२ चैत, हेटौंडा । मकवानपुरको मनहरीमा हेटौंडा जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला...
२६ फागुन, हेटौडा । हेटौंडा-१ चौकीटोलमा गत शनिबार एकजनाको मुत्यु भएको दुर्घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई...
१ चैत,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा टिपर पल्टिदा चालकको ज्यान गएको छ। बकैया गाउँपालिका वडा...
२८ फागुन,हेटौंडा । किताब अध्ययनका पारखिहरुले अब अध्ययनको मज्जा लिन अन्त जान नपर्ने भएको छ। पारखिहरुले...
१ चैत, हेटौंडा । कान्तिलोकपथ स्थित हेटौंडा उप महानगरपालिका वडा नम्बर ५ र ७ को सिमाना नागदह नजिकै बुधबार विहान...
२४ फागुन,हेटौंडा। बुधबार बिहान हेटौडा-१७ कठायत चोकमा भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा गम्भीर घाइते स्कुटर...
१ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-११ थानाभर्याङमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।...
२४ फागुन,हेटौंडा। हेटौडा-१७ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। बुधबार बिहान धरान चतरा सडक खण्ड...
२९ फागुन,हेटौंडा । हेटौंडामा चालु आर्थिक बर्षमा ८ महिनामा भवन निर्माणको दर ओरालो लागेको देखिएको छ।अघिल्लो...