राजनीति

प्रदेश ३ को बजेट गन्तव्यहिन भन्दै विरोध, के भने बानियाँले ?

Indra-Bahadur-Baniya-1529327388.jpg

४ असार, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५/०७६ को बजेटमाथिको छलफलमा दोस्रो दिन पनि प्रदेश सरकारले ल्याएको बजेटको आलोचना भएको छ । बैठकमा सोमबार बजेटमाथिको छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले गन्तव्यहिन बजेटप्रति पूर्ण असहमति रहेको बताए ।

उनले बजेट समाजवाद उन्मुख हुनुपर्नेमा केन्द्रित ढंगको भएकोले यसप्रति पूर्ण असहमति रहेको बताए । उनले नारा र शव्दले भन्दा व्यवहारले प्रदेश समृद्ध हुने भन्दै बजेटले यसलाई सम्बोधन गर्न नसकेको बताए । उनले बार्षिक १० हजार जनाको स्वास्थ्य परिक्षण गर्ने गरी मूख्यमन्त्री स्वास्थ्य परिक्षण योजना ल्याएको प्रति कटाक्ष गर्दै प्रदेशका ५५ लाख जनसंख्याको स्वास्थ्य परिक्षण गर्न ५ सय ५५ बर्ष कुर्ने भन्दै प्रश्न गरे । कार्यकर्ताको मात्रै स्वास्थ्य परिक्षण गर्ने खालको ‘हावादारी’ योजनाले बजेटलाई हावादारी बनाई दिएको भन्दै उनले ‘कालो सुन भैसी नै हुन्’ भन्ने सरकारले भैसी किन्न २ प्रतिशतमा ऋण उपलव्ध गराउने कुरा राख्न नसकेकोप्रति आपत्ति जनाए । बजेट गरिबमारा, किसानमारा र मुलुकमारा भएको भन्दै एकपक्षीय ढंगले आएको बजेटमा आफुहरुको समर्थन नरहेको बताए ।

बैठकमा सत्तापक्षीय प्रदेशसभा सदस्य घनश्याम दाहालले प्रदेश गौरबका योजनालाई मूर्त ढंगले बजेट नआएको गुनासो गरे । पर्यटकीय क्षेत्रहरुलाई समानुपातिक ढंगले बजेटमा नसमेटिएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गराएका थिए । कालो सुन भैसी नै हुन् भन्ने नाराले पशुधनमा भैसीको मात्रै सम्बोधन हुने भएकाले यसलाई हटाउन माग गरे । अर्का सत्तापक्षीय प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले भुकम्प पीडितलाई बजेटले सम्बोधन गर्न नसकेको भन्दै ध्यानार्कषण गराएका थिए भने कृषि सडकको बजेट विनियोजनको ठोस आधार प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले ५ बर्षभित्र प्रदेशलाई समृद्ध बनाउने अवधारणाको प्रशंसा गरे । अर्का प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठले बजेटले जनतामा आशा र भरोसा जगाएको बताउँदै उद्देश्य र प्राथमिकता स्पष्ट हुनुपर्नेमा ढुलमुले भएको भन्दै सुधारका लागि सुझाव दिए ।

नेमकिपाकी प्रदेशसभा सदस्य सिर्जना सैज्युले बजेटमार्फत ‘चटके’ ले जस्तै प्रदेश सरकारले जनतालाई झुक्याउने काम गरेको बताईन् । उनले बजेटले १३ जिल्लालाई समानुपातिक ढंगले नहेरेको भन्दै पक्षपातपूर्ण रहेको टिप्पणी गरिन् । उनले बजेटलाई ‘थोत्रो कागजको गन्हाउने फुल’ को संज्ञा दिईन् ।

राप्रपा प्रजातान्त्रिककी प्रदेशसभा सदस्य रिना गुरुङले बजेट २ जिल्लाका लागि मात्रै केन्द्रित भएको भन्दै प्रदेशको हुन नसकेको बताईन् । उनले कृषिमा कुखुरा व्यवसाय, केरा खेति र मौरीपालन व्यवसायलाई उपेक्षा गरेको भन्दै यस्तो निरासाजनक बजेट कसका लागि ल्याएको हो बुझ्न नसकेको बताईन् । प्रदेशसभा सदस्यहरुको बजेटमाथिको छलफल सोमबार सकिएको छ । छलफलमा उठेका प्रश्नहरुको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले असार ६ गते दिने कार्यसूचि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
तामाङ चलचित्र ‘रुङ्सी टिला’ को हेटौँडाबाट प्रदर्शन थालिने
Rungsi-1-1542546943.jpg

२ मंसिर, हेटौँडा । ह्याङ्ला मकवानपुर फिल्म प्रा.लि.को निर्माणमा बनेको तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ (पर्खी...

सामरी खोलाको बगरमा रिभर साईड क्रिकेट फेस्टीबल हुने 
46470443_268302457162507_-1542545841.jpg

२ मंसिर, हेटोँडा । हेटौँडामा रिभर साईड क्रिकेट फेस्टीबल २०७५ हुने भएको छ ।  मकवानपुर क्रिकेट संघको आयोजनामा...

राजधानी सार्न खोजिए कडा संघर्ष थालिनेः मकवानपुर कांग्रेस
Nepali-Congress-1542545537.jpg

२ मंसिर, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमितिको आईतबार बसेको बैठकले ३ नम्बर प्रदेशको राजधानी...

शहीद स्मारक ए डिभिजन लिगः थ्रीस्टारको जित, पुलिस र मच्छिन्द्र बराबरी 
A-division_BWmphyP5mE-1542543847.jpg

२ मंसिर, हेटौँडा । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा थ्रीस्टार क्लबले आइतबारको...

पोखरा क्याम्पसको टोली रानी वनमा
Photo1-1542540698.jpg

२ मंसिर, हेटौँडा । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको टोलीले हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन...

नगरपालिकाको गाडिमा आगजनी, जलेर नष्ट
Aagjani-1542533460.jpg

२ मंसिर, कालिकोट । कालिकोटको चन्दननाथ नगरपालिकाको गाडीमा आइतबार विहान आगजनी भएको छ । नगरपालिकामा राखेको क १ झ...

ट्रक पल्टिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
Accident-Hetauda-1542532716.jpg

२ मंसिर, हेटौँडा । हेटौँडा–९ पशुपतिनगर गुम्बाचोकमा ट्रक पल्टिदा  पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।...

ट्रक पल्टिँदा थिचेर हेटौंडामा २ जनाको मृत्यु
Thumbnails2_46403312_2707-1542527631.jpg

२ मङ्सिर, हेटौंडा । पुर्बपश्चिम राजमार्ग अन्तरगत हेटौँडा  ९ गुम्बा चोकमा आज मध्यान्ह अनियन्त्रित भई ट्रक...

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
Nepali-Congress-1542465079.jpg

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थानीय भएको छ । बैठक आइतबार २ बजेसमको लागि स्थगित...

थप समाचार