Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद गठन

KP-Oli-1518699444.jpg

३ फागुन, हेटौँडा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सदस्यीय मन्त्रीपरिषद गठन गरेका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले एमालेका लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका हुन् । पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालय र थापालाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
यसैबीच, नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री पण्डित र महिला तथा बालबालिका मन्त्री थापाले पनि राष्ट्रपति विद्या भण्डारीबाट राष्ट्रपति भवन सितल निवासमा पद तथा गोपनियताको सपथ लिएका छन् ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नवनियुक्त प्रधानमन्त्री ओली, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो । 
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भने पार्टी एकता टुंगोमा पु¥याएपछि मात्रै सरकारमा मन्त्रीहरु पठाउने जनाएको छ । सरकारमा एमालेबाट ७० र माओवादी केन्द्रबाट ३० प्रतिशत मन्त्रीहरु सहभागी हुने विषयमा भने २ दलबीच सहमति भईसकेको छ ।
यसअघि विहिबारै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएक थिए । विहिबार अपरान्ह राष्ट्रपति भवन सितल निवासमा एक विशेष समारोहकाबीच राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । 
राष्ट्रपति भण्डारीले विहिबार विहानै नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । 
त्यसअघि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले राष्ट्रपति समक्ष समर्थन पत्र पेश गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

थप समाचार