राजनीति

बानियाँले भने–‘घमण्ड गरे नेकपा जनताबाट फुलस्टप हुनुपर्ला’

Indra-Bahadur-Baniya-1527418189.jpg

File Photo

१३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई घमण्ड नगर्न चेतावनी दिएका छन् ।
प्रदेशसभामा आइतबार विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारको एक सय दिनको समिक्षा गर्दै जनताको हितमा काम नगरी घमण्ड प्रर्दशन गरे जनताले आगामी निर्वाचनबाट पूर्ण विराम लगाईदिने चेतावनी दिएका हुन् । ‘अहिले एमाले र माओवादी केन्द्र मिलेर नेकपा अण्डरलाईन हुनु भएकोमा बधाई छ’–उनले भने–‘तर जनतको हितमा काम नगरी एकताको घमण्डमात्रै गर्दा अन्डरलाईबाट फुलस्टप हुनुपर्ला, सचेत रहनुस् ।’ 
३ नम्बर प्रदेशका मूख्यमन्त्री नै आफु अधिकारविहिन रहेको भन्दै गोष्ठी, सेमिनार र उद्घाटनमा भाषण गर्दै हिडेको प्रति आपत्ति जनाउँदै उनले अत्यावश्यक विधेयकहरु ल्याउन नसक्नु सरकारको कमजोरी रहेको बताए । उनले एक सय दिन पुरा गर्दै गर्दा प्रदेशसभा बैठक कक्ष व्यवस्थापन र संसदीय दलको कार्यालय उपलव्ध गराउन नसकेको भन्दै सरकारको कटाक्ष गरे । भुकम्प पीडितलाई पुर्ननिर्माणमा सहयोग पुग्ने गरी काम गर्न सरकार चुकेको भन्दै मूख्यमन्त्री र मन्त्रीहरु विकास भन्दा निरासा बाँड्न व्यस्त रहेको बताए । उनले प्रदेश सरकार गठन भएको जनताले महसुस गर्न नपाएको भन्दै जनताको लागि योजना भन्दा पनि आफु केन्द्रित गतिविधिमा सरकार अलमलिएको उनले आरोप लगाए । 
उनले यातायात क्षेत्रमा सिण्डिकेट भएको भन्दै व्यवसायीलाई दुःख दिने सरकारले मेडिकल र शिक्षामा भएको कार्टेलिङ र वेथितिबारे मौन रहेको भन्दै सरकारको विरोध गरे । यातायात र निर्माण व्यवसायीलाई सरकारले अपराधीको व्यवहार गरेको भन्दै प्रदेश सरकारदेखि संघीय सरकारसम्म नीजि क्षेत्रलाई निरन्तर प्रहार गरी धरासायी बनाउन लागि परेको उनको दावि थियो ।
सरकार गठनको एक सय दिनमा प्रतिपक्षले विधेयक पारित गर्ने लगायतका काममा सहयोग गरेपनि प्रदेश सरकारले गति लिन नसकेको भन्दै बेलैमा आफ्नो शैली नसुधारे जनताको तर्फबाट संसदमा आफुहरुले भूमिका निर्वाह गर्ने चेतावनी समेत बानियाँले दिए ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
तीन विधेयक दफावार छलफलका लागि समितिमा
Pradesh-Photo-1534430334.JPG

३१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएको छ...

भारतका पूर्वप्रधानमन्त्री बाजपेयी रहेन्न 
Atal-1534428410.jpg

३१ साउन, हेटौँडा ।  भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो...

फ्रान्स विश्व वरीयताको शीर्षस्थानमाः नेपाल १६१ औं स्थानमा यथावत
France-1534428202.jpg

३१ साउन, हेटौँडा । विश्वविजेता फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।  विश्व फुटबलको सर्वाेच्च निकाय...

यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
Nepal-1534209257-15343852-1534428003.jpg

३१ साउन, हेटौँडा । नेपाल दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ ।...

एथ्लेटिकोले जित्यो स्पेनिस सुपर कपको उपाधि
Atletico-1534385833.jpg

३१ साउन, हेटौँडा । रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । एस्टोनियाको...

यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै
Nepal-1534209257-1534385203.jpg

३१ साउन, हेटौँडा । दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु आज हुदैछ । भुटानको...

आज नागपञ्चमी
NAAGPANCHMI-644x362-1534384962.jpg

३१ साउन, हेटौँडा । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका...

संघीय संसदबाट बुधबार ३ वटा विधेयक स्वीकृत
CA-Bhawan-1534348257.jpg

३० साउन, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभामा बुधबार तीन वटा विधेयक स्वीकृत भएका छन् । संसदबाट सुरक्षित...

मकवानपुरका किसानद्वारा कालोपट्टी बाँधेर दुध विक्रि
Aandolan-1534331841.jpg

३० साउन, हेटौँडा । दुग्ध विकास संस्थाले दुधको मूल्य घटाएको विरोधमा मकवानपुरका किसानहरुले हातमा कालोपट्टी...

थप समाचार