Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरमा निर्वाचनको तयारी पुरा   

३ हजार सुरक्षाकर्मी र २ हजार ५ सय ९३ कर्मचारी खटाईयो

election-final-1512553891.jpg

फाईल फोटो

सुनिल शिवाकोटी
 २० मंसिर, हेटौँडा । बिहीबार हुने दोस्रो चरणको  प्रतिनिधिसभा र  प्रदेशसभा निर्वाचनको तयारी मकवानपुरमा पुरा भएको छ ।

प्रतिनिधि सभा तर्फ २ र प्रदेशसभा तर्फ ४ क्षेत्र रहेको मकवानपुरमा चुनावको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले बताए ।  मतपत्र , मतपेटीका र अन्य आवश्यक सम्पूर्ण सामग्री  जिल्लाका  ३२४ वटै मतदान केन्द्रमा  पुगीसकेको पौडेलले बताए । प्रतिनिधिसभा र  प्रदेशसभाको निर्वाचनका लागी २ हजार ५ सय ९३ कर्माचारी खटाईएको पौडेलले जानकारी दिए । 

बिहिबार हुने निर्वाचनका लागी मकवानपुरको सुरक्षा व्यवस्था चुस्त परिएको मकवानपुरका प्रजिअ चक्र बहादुर बुढाले जानकारी दिए । प्रजिअ बुढाले ३२४  वटै मतदान  केन्द्रका लागी म्यादी प्रहरी सहित ४ वटै सुरक्षा अंगका करिब ३ हजार भन्दा बढी संख्या सुरक्षाकर्मी खटाईएको बताए । उनले संभावित घटना हन सक्ने स्थानको र उमेदवारको सुरक्षामा विषेश ध्यान दिईएको भन्दै अपराधिक श्रृखला हुने स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाईएको  र अपराधिक गतिविधी र पास विनाको सवारी साधनलाई कडाई गरीने , हवाई र स्थल गस्तिी समेत गरिने बताए ।

मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालले कुनै घटना हुन नदिन नेपाल प्रहरी तैनाथ भएको भन्दै सम्भावित घटना भएको र आवश्यक परेको स्थानमा १० मिनेट भित्र सुरक्षा निकाय पुग्ने व्यवस्था मिलाईएको बताए ।

३२४ मतदान केन्द्र रहेको जिल्लामा क्षेत्र नम्बर १ मा १ लाख २४ हजार ७ सय ९९ र क्षेत्र नम्बर २ मा  १ लाख ३० हजार ८ सय ५ गरी कुल २ लाख ५५ हजार ६ सय चार मतदात संख्या रहेको  छ  । क्षेत्र नम्बर १को प्रदेशसभा क मा ६२ हजार ८ सय ४३ र ख मा ६१ हजार ९ सय ५६ मतदाता रहेको र क्षेत्र नम्बर २ को प्रदेशसभा क मा ७४ हजार १ सय ५२  र ख मा ५६ हजार ६ सय ५३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पौडेलले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार