Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरे मन्त्री बनाउन दवाव तिब्र

Mantri-Banne-line-Maa-1470124956.jpg

१८ साउन, हेटौँडा । मकवानपुरे सांसदलाई मन्त्री बनाउन अहिले जिल्ला तहबाट दवाव तिब्र पारिएको छ । चर्चामा रहेकामध्ये दुईलाई मन्त्री बनाउन जिल्ला तहबाट पार्टीको केन्द्रिय तहमा दवाव तिब्र पारिएको हो । 
मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं काँग्रेस जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ र सांसद रामनारायण विडारीलाई मन्त्री बनाउन जिल्ला तहका नेताहरुले केन्द्रमा लविङ गरिरहेका छन् । मकवानपुरे काँग्रेस टोलीले महालक्ष्मी डिना उपाध्यायलाई केन्द्रिय सदस्य र बानियाँलाई मन्त्री बनाउनुपर्ने माग सभापति शेरबहादुर देउवालाई राखेका थिए । मन्त्री बन्ने चर्चामा रहेकी सांसद उपाध्यायलाई सभापति शेरबहादुर देउवाले दुई दिन अघि केन्द्रिय सदस्य मनोनित गरेर व्यवस्थापन गरेको काँग्रेस स्रोतको दावि छ । ‘डिनाजिलाई अहिले केन्द्रिय सदस्यको जिम्मेवारी दिईएको छ ।’–एक नेताले भने । समानुपातिकतर्फको सांसद र केन्द्रिय सदस्य दुबै अवसर डिनालाई पार्टीले दिएकाले मन्त्री हुने संभावना कम रहेको उनको भनाई छ ।
काँग्रेसको तर्फबाट बानियाँलाई मन्त्री बनाउन काँग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, ४ जना क्षेत्रीय सभापति, निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, संविधानसभा क्षेत्र नम्बर २ का उम्मेदवार एवं जिल्ला सदस्य जयराम लामिछानेसहितको टोलीले दुबै पक्षिय नेताहरुलाई भेटघाट गरेका छन् । उनीहरुले सभापति शेरबहादुर देउवा र  बरिष्ठ नेता रामचन्द्र पौडेललाई मकवानपुरे काँग्रेसको सान बढाएको र लाल किल्लाको रुपमा चिनिने मकवानपुरमा खाता खोलेको भन्दै बानियाँलाई मन्त्री बनाउन आग्रह गरेका थिए । ‘बानियाँलाई मन्त्री बनाउन दुबै नेता सकारात्मक छन्, कुन मन्त्री भन्ने टुंगो लागेको छैन ।’–टोलीमा सहभागी एक नेताले भने । बानियाँलाई मन्त्री बनाउनुपर्छ भन्नेमा जिल्ला तह मात्रै नभई यसअघि मन्त्री भईसकेका केन्द्रिय नेताहरु समेत लागि परेकाले उहाँको सम्भावना राम्रो रहेको बानियाँ निकट मानिने क्षेत्रीय सभापति दामोदर खनालले बताए ।
यता, माओवादी केन्द्रका सल्लाहकार समेत रहेका सांसद रामनारायण विडारीको पक्षमा पनि जिल्ला तहबाट लविङ भईरहेको छ । उनी संविधानको विषयमा जानकार भएकाले पनि उनलाई मन्त्री बनाउनुपर्ने जिल्ला तहका नेताहरुको  दावि छ । जिल्ला तहका केही नेता उनलाई मन्त्री बनाउन काठमाण्डौं पुगेर लविङ गरिरहेका छन् भने केही जिल्लाबाटै माहोल तयार गरिरहेको एक नेताले बताए । ‘विडारी संविधानको विषयमा जानकार पनि छन् र संविधान निर्माणका क्रममा मस्यौदा समितिमा रहेर संविधान जारी गर्न महत्वपूर्ण जिम्मेवारी पुरा गरेकाले पनि हामीले उहाँलाई मन्त्री बनाउन पार्टीलाई भनेका हौं ।’–उनले भने । प्रखर वक्ता समेत रहेका उनी प्रचण्डका विश्वासपात्र मध्येका एक हुन् । केन्द्रमा राम्रो प्रभाव रहेकाले पनि उनी मन्त्री हुने प्रायः निश्चित रहेको माओवादी स्रोतको दावि छ । 
माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामी छिन्तुले विडारीको पक्षमा आफुहरुले लविङ गरिरहेको बताए । ‘संविधानका जानकार भएको नाताले उहाँलाई कानूनमन्त्री बनाउन हामीले भनेका हौं ।’–पुलामीले भने । तर माओवादी केन्द्रको भागमा कुन मन्त्रालय पर्ने भन्ने निश्चित नभएकाले यसबारेमा टुंगो नलागेको उनले बताए ।
दुबै नेताको पक्षमा लविङ तिब्र भएपनि दुबै दलमा मन्त्रीहरुको आकांक्षी बढि रहेकाले निरन्तर दवावको खाँचो रहेको लविङमा जुटेका नेताहरुको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार