खेलकुद

मेयर कप फुटबलः फाइनलमा ९ नम्बर र १० नम्बर भिडने

Footballllll-1520774035.jpg

२७ फागुन, हेटौँडा । हेटौंडामा जारी मेयर कप फुटबल–२०७४ को उपाधिको लागि ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने भएका छन् ।
आईतबार सम्पन्न सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडा र कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका हुन् । 
पहिलो सेमीफाइनलमा भूटनदेवी टिमले १६ नम्बर वडालाई ४–० गोल अन्तरले हराएको हो । एकपक्षीय खेलमा भूटनदेवी माता टिमको जितको लागी सुरज बिष्ट, रिजन लामा, सुशान्त लामा र सुमन छुमीले एक एक गोल गरे । 
खेलको म्यान अफ दी म्याच भूटनदेवी टिमका मिडफिल्डर विवेक गुरुङ भए । उनले भ्वाइस अफ यूथ चौकिटोल हेटौंडाको तर्फबाट नगद एकहजार रुपैंयासहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे ।
यस्तै आइतबार नै भएको दोस्रो सेमीफाइनलमा २ नम्बर वडाको वनस्खण्डी टिम विरुद्व १–० को कठिन जित निकाल्दै ९ नम्बर वडाको कुष्माण्ड टिम विजयी भयो । दोश्रो खेलमा कुष्माण्ड टिमका फरवर्ड अमिर श्रेष्ठ नायक भए । उनले खेलको २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 
खेलको म्यान अफ दी म्याच बनेका श्रेष्ठले भ्वाइस अफ यूथ चौकिटोल हेटौंडाको तर्फबाट नगद एकहजार रुपैंयासहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे । 
मेयरकप फुटबलको फाइनल भिडन्त पर्सी मङ्गलबार दिउँसो हुने छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमश ः नगद एकलाख ५० हजार र ७५ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
 


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
नेकपाले  संविधान र प्रजातन्त्रलाई धरापमा पार्‍यो :देउवा 
deuba-1529431693.jpg

५ असार, हेटौँडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाले  संविधान र प्रजातन्त्रलाई धरापमा पार्न...

अलविदा डाक्टर देवकोटा 
upendra-devkota-1529343180.jpg

  ४ असार, हेटौँडा ।  वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको  ६४ बर्षको उमेरमा सोमबार  निधन भएको छ ।...

४१ दिनमै किन भयो त एसपि श्रेष्ठको सरुवा ?
35496553_1671096896308947-1529342409.jpg

सुनिल शिवाकोटी  ४ असार, हेटौँडा । मकवानपुर जिल्लाको शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भुमिका  खेल्न सफल  र...

हेटौँडामा सम्पन्न कांग्रेस केन्द्रीय बैठकको यस्तो छ निर्णय
Congress1-1529340051.jpg

४ असार, हेटौँडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार साँझ हेटौँडामा सम्पन्न भएको छ । कांग्रस...

प्रदेश ३ को बजेट गन्तव्यहिन भन्दै विरोध, के भने बानियाँले ?
Indra-Bahadur-Baniya-1529327388.jpg

४ असार, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५/०७६ को बजेटमाथिको छलफलमा दोस्रो दिन पनि...

प्रधानमन्त्रीको संघीय संसदमा सम्बोधन हेर्नुस् भिडियो
KP-Oli-1529320166.gif

प्रधानमन्त्रीको संघीय संसदमा सम्बोधन हेर्नुस् भिडियो ।...

दावेदार ब्राजिल पहिलो खेलमा बराबरीमा रोकियो
Football-1529285287.jpg

४ असार, हेटौँडा । विश्वकपको दाबेदार मानिएको ब्राजिल समूह चरणको आफनो पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा...

पेट्रोलियम पदार्थको मूल्य घटयो
nintchdbpict000334069314-1529286411.jpg

४असार,हेटौडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पछिल्लो चार महिनामा पेट्रोलियम पदार्थमा...

मेक्सिकोसँग हार्‍यो जर्मनी
1529250147268_lc_galleryI-1529257943.JPG

३ असार, हेटौंडा । डिफेन्डिङ च्याम्पियन जर्मनी बिश्वकप फुटबल २०१८ को समूह चरणको पहिलो खेलमा पराजित भएको छ...

थप समाचार