Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

लामिटार कप फुटबलमा सयपत्री र शक्ति विजयी 

Lamitar-Footballla-1539174805.jpg

२४ असोज, हेटौँडा । प्रथम लामिटार कप फुटबल प्रतियोगितामा सयपत्री युवा क्लव सुनाचुरी र शक्ति युवा क्लव मनहरी क्वार्टरफाइनल प्रवेश गरेका छन् । 
बुधबार भएको पहिलो खेलमा आयोजक लामिटार यूथ क्लवको बी टिमलाई ३–१ गोल अन्तरले हराउदै सयपत्रीले क्वार्टरफाइनलमा स्थान बनाएको हो । 
सुरुवाती अग्रता जोगाउन नसक्दा लामिटार हार व्यहोर्न बाध्य भयो । लामिटारको लागि बिनोद राइले आठौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिएका थिए । 
तर सयपत्रीले लगातार ३ गोल ग¥यो नितिजा आफनो पक्षमा पार्न सफल भयो । सयपत्रीको जितको लागी सितल विकले २ र बिबेक श्रेष्ठले एक गोल गरे । खेलको म्यान अफ दि म्याच सितल विक घोषित भए । 
यस्तै चुरियामाई युवा क्लव रमौलीलाई टाइब्रेकरमा हराउदै शक्ति क्लव क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछी टाईब्रेकरमार्फत निर्णय लिइएको हो । टाइब्रेकरमा शक्ति क्लब ५–३ गोल अन्तरले विजयी भयो । 
खेलको म्यान अफ दि म्याच शक्ति क्लवका अबिनाश खड्का घोषित भए । 
जारी प्रतियोगितामामा भोलि बिहिबार आयोजक लामिटार यूथ क्लव ए र आर आर एफसी पालदमारको बीचमा खेल हुनेछ भने दोस्रो खेल एफसी खरङ्गा र जनजागरण क्लव मसिनेको बीचमा हुनेछ । 
३० गते सम्म सन्चालन हुने प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार