खेलकुद

शुभकामना दौडमा भ्लोन पहिलो

Running-1523681267.jpg

१ बैशाख, हेटौँडा । नेपाल तरुण दल हेटौँडा–६ नम्बर इकाईको आयोजनामा भएको नयाँ बर्ष शुभकामना खुल्ला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । 
प्रतियोगितामा सविन भ्लोन पहिलो, सन्जिव मिजार दोस्रो र सागर लामा तेस्रो भए । प्रतियोगितामा पहिलो हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रोले नगद ५ हजार रुपैँया प्राप्त गरे । मकवानपुरका ३० जना धावकहरुको सहभागिता रहेको प्रतियोगितामा ११ बर्षिय लिसन गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । नेपाल तरुण दल हेटौँडा ६ नम्बर वडा अध्यक्ष राजकुमार बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा नगर सभापति आनन्दराम पराजुली, वडा अध्यक्ष रामहरी तिमल्सिना, महाधिवेशन प्रतिनिधि होमनाथ गौतम, वडा सचिव भरत सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, १६ नम्बरका वडा अध्यक्ष रामकृष्ण कोइराला, पार्टीका जिल्ला सदस्य, विभिन्न भातृ संगठनका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल एथ्लेटिक्स संघ मकवानपुरको प्राविधिक सहयोग रहेको थियो ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
मकवानपुर प्रहरीको नगर भित्र ट्राफिक ब्यवस्थापनमा चासो, एकै दिन ४० सवारीलाई कारवाही
FB_IMG_1532358985829-1-1532359159.jpg

७ साउन,हेटौडा । हेटौडा नगर र बजार क्षेत्रमा संचालनमा रहेका अटो तथा ई-रिक्साबाट ट्राफीक ब्यवस्थापनमा समस्या...

आन्दोलनका कारण मूख्यमन्त्री पौडेल काभ्रेमा रोकिए
Dormani-Paudel-1511537003-1532345583.jpg

७ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेल आन्दोलनका कारण काभ्रेको काभ्रेमा रोकिएका छन् ।...

मकवानपुरमा यातायात संस्थासंग रकम लिन ३५ दिनको म्याद
CDO-Office-1532342925.jpg

७ साउन, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यातायात क्षेत्रसंग संघ, संस्था र समितिसंग भुक्तानी लिन...

विपि स्मृति दिवसमा वडा कार्यालय उद्घाटन र बृक्षरोपण
2-1532341709.jpg

७ साउन, हेटौँडा । युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि कोईरालाको ३६ औं स्मृति दिवसको...

रानी वनद्वारा शान्तिपार्कमा गोलघर निर्माण
Golghar-1532341365.jpg

७ साउन, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको गोलघरको सोमबार एक...

तरुण दल मकवानपुरद्वारा हेटौँडामा प्रर्दशन
Tarun0-1532270278.jpg

६ साउन, हेटौँडा । सरकारले शान्तिपूर्ण प्रर्दशनमा दमन गरेको भन्दै नेपाल तरुण दल जिल्ला कार्यसमिति मकवानपुरले...

डा. गोविन्द केसीको समर्थनमा हेटौँडामा प्रदर्शन
1-1532262839.jpg

६ साउन, हेटौँडा । मकवानपुर जागरण अभियानले २३ दिनदेखी अनशनरत डा. गोबिन्द केशीको माग सम्बोधन र जीवनरक्षको माग गर्दे...

कता हराए डा. केसीका मकवानपुरे समर्थक
G1-1532240878.jpg

६ साउन, हेटौँडा । विगतका अधिकांश आन्दोलनमा हेटौँडामा प्लेकार्डसहित आन्दोलन गर्ने डा. गोविन्द केसीका मकवानपुरे...

कांग्रेस मकवानपुरद्वारा रुद्रेश्वर मन्दिरमा बृक्षरोपण
2-1532238917.jpg

६ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि...

थप समाचार