Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सरकारलाई दवाव दिन मकवानपुर काँग्रेसले मंगलबार हेटौँडामा विरोध जुलुस गर्ने 

38065428_1734791853272784-1532957675.jpg

विरोध कार्यक्रमको जानकारी दिदै नेपाली कांग्रेस मकवानपुरका सभापति बानिया तस्विरः सुनिल/ प्रष्ट खबर


१४ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले   केन्द्रको  निर्देशन अनुसार सरकारलाई दवाव दिन भोलि मंगलबार  हेटौँडामा विरोध जुलुस गर्ने भएको छ । नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं तिन नम्बर प्रदेशको प्रतिपक्षी दलका  नेता इन्द्र बहादुर बानियाँले  संविधान बमोजिम संसदमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुसार गर्न सरकारलाई दबाब दिने  केन्द्रीय कार्यक्रम अन्र्तगत  भोलि  १५ गते मकवानपुरमा पनि विरोध जुलुस आयोजना गरिएको बताए । 
बानियाले  सरकारले असंवैधानिक तवरले विभिन्न निर्णय गरेर जनबिरोधी काम लाई निरन्तरता दिइरहेको भन्दै  संबिधानमा सभामुख र उपसभामुख छुट्टै दलबाट हुनुपर्ने उल्लेख भएपनि सरकारले त्यसलाई  लत्याउदै गम्भिर ढंगले अगाडि बढको भन्दै महङ्गी प्रति सरकार संवेदनशील नभएको भन्दै सरकारको ध्यानाकृष्ट गराउन यो कार्यक्रमको आयोजना गरिएको बताए ।  

थप प्रसंङ्गमा नेता बानियाले  सरकारले कर बृद्धी गरी जनताको ढाड सेकेको र भुकम्प पिडितहरुलाई सरकारले विभिन्न  सेवा सुविधा तथा सहुलियत प्रदान गर्नुको सट्टामा  आवास निर्माणका लागि आवश्यक विभिन्न सामाग्रीहरुमा कर बृद्धि गरी जन्ताको ढाड सेकेकोले  विरोध स्वरूप  मकवानपुरमा विरोध जुलुस गर्न लागिएको बताए ।
पत्रकार सम्मेलनमा  काँग्रेस  केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिना, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पुर्व सभापति रघुरमण न्यौपाने, उप–सभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा  पार्टी नगर सभापति  आनन्दराम पराजुली तरुण विद्यार्थी  लगायत अन्य  पदाधिकारीहरुको उपस्थिति   रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार