Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

कारोनाबाट मर्नेको संख्या २ लाख ११ हजार नाघ्यो

1-1588036989.png

१६ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख ६ हजार नाघेको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ११ हजार ४ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ हजार ५ सय १८ जनाको मृत्यु भएको छ । 
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ३० लाख ६२ हजार ५९ जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६८ हजार ७ सय ९७ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ९ लाख २१ हजार २ सय ७ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५६ हजार २ सय ९३ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १८ लाख ७३ हजार १ सय २६ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । यहाँ अहिलेसम्म ५६ हजार ७ सय ९६ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ । यहाँ २२ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २६ हजार ९ सय ७७ पुगेको छ । पछिल्लो समय मृत्यु दर कम भइरहेको इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ३३ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २३ हजार ५ सय २१ पुगेको छ । यहाँ थप ३ सय ३१ जनाको मृत्यु भएको छ । स्पेनमा पनि विगत केही दिन यता मृतकको संख्या घटिरहेको छ ।
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार २ सय ९४ पुगेको छ भने बेलायतमा २१ हजार ९२ जनाको मृत्यु भइसकेको छ । 
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेल्जियममा ७ हजार २ सय ७, मध्यपूर्वी एसियाली मुलुक इरानमा ५ हजार ८ सय ६, जर्मनीमा ६ हजार १ सय २६, नेदरल्याण्डसमा ४ हजार ५ सय १८, ब्राजिलमा ४ हजार ५ सय ४३, टर्कीमा २ हजार ९ सय, स्विटजरल्याण्डमा १ हजार ६ सय  ६५ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी दक्षिण एसियाली मुलुक भारतमा वल्डोमिटरका अनुसार अहिलेसम्म ९ सय ३९ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ । यस्ते पाकिस्तानमा मृत्यु हुनेको संख्या २ सय ९२ छ भने संक्रमितको संख्या १३ हजार ९ सय १५ रहेको छ ।

11-1588036990.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

थप समाचार