Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

दक्षिण एसियाः कोरोनाबाट मर्नेको संख्या भारतमा बढी

11-1588382461.png

२० बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । 
दक्षिण एसियामा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा १ हजार २ सय २३ जनाको मृत्यु भएको छ । पछिल्लो समय थप ६९ जनाको मृत्यु भएपछि भारतमा मर्नेको संख्या १ हजार २ सय २३ पुगेको हो । 
यस्तै भारतमा संक्रमितको संख्या पनि दक्षिण एसियामा सबैभन्दा बढी छ । यहाँ कोरोना संक्रमितको संख्या ३७ हजार २ सय ५७ पुगेको छ । पछल्लो २४ घण्टामा मात्रै यहाँ २ हजार ३ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भारतमा १० हजार ७ जना उपचारपछि स्वस्थ्य भएका छन् । 
भारतपछि दक्षिण एसियामा कोरोनाको संक्रमणबाट मर्नेको संख्या पाकिस्तानमा बढी छ । पाकिस्तानमा अहिलेसम्म ४ सय १७ जनाको ज्यान गएको छ । यहाँ २४ घण्टामा ५६ जनाको ज्यान गएको छ ।
यस्तै थप १ हजार ६ सय १९ जना नयाँ संक्रमित थपिएसँगै पाकिस्तानमा संक्रमितको कुल संख्या १८ हजार ९२ पुगेको छ । 
यस्तै बंगलादेशमा कोरोना संक्रमणबाट १ सय ७० जनाको मृत्यु भएको छ भने ८ हजार २ सय ३८ जना संक्रमित भएका छन् । बितेको २४ घण्टामा यहाँ थप २ जनाको ज्यान गएको छ भने ५ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अर्को दक्षिण एसियाली मुलुक श्रीलंकामा कोरोनाका कारण अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने ६ सय ९० जना संक्रमित छन् । यहाँ पछिल्लो समय २७ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै माल्दिभ्समा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४ सय ९१ जना संक्रमित पुगेका छन् । 
दक्षिण एसियाली मुलुकहरु नेपाल र भुटानमा भने कोरोनाको संक्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । 
नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । नेपालमा अहिलेसम्म १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
यस्तै भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर छ । यहाँ अहिलेसम्म ७ जनामा कोराना संक्रमण पुष्टि भएको । भुटानमा ५ उपचारपछि निको भएका छन भने २ जनाको उपचार चलिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार