Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

४ नम्बर वडाको आयोजनामा वृहत उद्यमशीलता प्रदर्शनी हुने

daff-1683544579.JPG

२५ बैशाख, हेटौंडा । हेटौंडामा आगामी जेठ ५ गते बृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्यु प्रतियोगिता हुने भएको छ ।
हेटौंडाउपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा हुने प्रदर्शनी तथा प्रतियोगिताको बारेमा सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा स्थानीय स्तरमा उत्पादित बस्तुको प्रदर्शनी गरिने ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । वडा अध्यक्ष सिग्देलले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नगरभित्रका टोल विकास संस्था, सहकारी, विभिन्न समूह र व्यक्तिले उत्पादन गरेका बस्तुहरुको प्रदर्शनी मार्फत प्रवर्द्धन गरिने बताए । 
उनले प्रदर्शनीमा कुनै शुल्क नलाग्ने बताए । ‘सम्पूर्ण व्यवस्थापन आयोजकले गर्छ । उहाँहरुले आफ्ना उत्पानहरु ल्याएर प्रदर्शन मात्रै गरे पुग्छ ।’उनले प्रदर्शनीमा उत्कृष्ट हुने उत्पादनलाई पुरस्कृत समेत गर्ने बताए । अध्यक्ष सिग्देलले प्रदर्शनीमा सहभागी मध्ये प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र सान्त्वना हुने दुई जनालाई ५÷५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिए ।
अध्यक्ष सिग्देलका अनुसार प्रदर्शनीसँगै सोहि दिन समूहगत नृत्य प्रतियोगिताको हुने छ । प्रतियोगितामा १९ वटै वडाबाट ५ देखि १५ जनासम्म सदस्य भएको समूहले नृत्य प्रतियोगितामा भाग लिन पाउँने छन् ।
गीतसंगीतका माध्यमबाट राष्ट्रियता उजागर गर्ने उद्देश्यले स्वदेशी मौलिक भाषा, सांस्कृतिक र परम्परा झल्किनेगरि नृत्य प्रतियोगिता गर्न लागिएको उनले बताए । उनले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २० हजार र सान्त्वना हुने दुईवटा समूहलाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिए । 
यस्तै उक्त दिन चर्चित लोकदोहरी गाएक बद्रि पंगेनीको बिशेष प्रस्तुती रहने पनि अध्यक्ष सिग्देलले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार