२५ बैशाख, हेटौंडा । स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा हेटौंडामा प्रदेश स्तरीय नीति निर्माताहरूसंग सुरक्षित गर्भपतनसम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ ।
बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको प्रमुख आतिथ्यता एवं निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख सचिव निरौलाले छोरा नै चाहिन्छ भन्ने गलत धारणाका कारण असुरक्षित गर्भपतन भइरहेको भन्दै छोराछोरी नभई सन्तान भन्ने धारणा अभिवृद्धि गर्नुपर्ने बताए । उनले नीतिगत सुधार, सचेतना अभिवृद्धि र शैक्षिक पाठ्यक्रममा यसबारे समावेश गर्नुपर्ने बताए । उनले भ्रुण पहिचान गरि गरिने गर्भपतनलाई रोक्न स्वास्थ्यकर्मीहरू लाग्नुपर्ने बताए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा. डा. नरबिक्रम थापाले सुरक्षित गर्भपतनसम्बन्धी ज्ञान अभिवृद्धिका लागि पाठ्यक्रममा समावेश गर्नु पर्ने वताउँदै आवश्यकताका आधारमा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए । यसलाई आर्थिक, सामाजिक र सांस्कृतिक पक्षसंग जोडेर लैजानुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश लोकसेवा आयोगका सदस्य शर्मिला न्यौपानेले सुरक्षित गर्भपतनसम्बन्धी धारणा विगतको तुलनामा सचेतना अभिवृद्धि भएको बताउँदै सुरक्षित गर्भपतनसम्बन्धी अधिकारबारे प्रचारप्रसार अझ बढाउनु जरुरी रहेको बताईन् ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना लामाले सुरक्षित गर्भपतनसम्बन्धी कानूनलाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताइन् । उनले जनचेतना अभिबृद्धीका लागि थप काम गर्नुपर्ने बताईन् ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशाशक सतिस विष्टले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...
२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...
२४ बैशाख, काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...
२४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...
२४ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...
२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...