Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

भूमि आयोगद्वारा मकवानपुरमा १२४ जनालाई जग्गाधनी पूर्जा वितरण

20240315_143812-1710495883.jpg

२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ ।
हेटौंडामा पत्रकार सम्मेलन गरि आयोग गठन भएको यो अवधिमा १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको हो । आयोगले बागमती गाउँपालिकाका ४ र बकैया गाउँपालिकाका २ गरि ६ जना भूमिहिन दलितलाई जग्गाधनी पूर्जा प्रदान गरेको छ । आयोगले बागमतीका ३५ र बकैयाका ९ गरि ४४ भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । 
त्यस्तै, हेटौंडाका ६९ र बागमती गाउँपालिकामा ५ गरि ७४ अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण गरेको छ ।
भूमिहिन दलित र सुकुम्बासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई जिल्ला समितिको निर्णयले निर्धारण गरेको राजस्व दाखिला गराई पूर्जा वितरण गर्दै आएको छ ।
राष्ट्रिय भूमि आयोगको सूचना प्रणालीमा मकवानपुरका स्थानीय तहले ३४० भूमिहिन दलित, २२६० भूमिहिन सुकुम्बासी, १४६५० अव्यवस्थित बसोबासी र सट्टाभर्ना २ जना गरि १७ हजार २ सय ५२ निवेदनको तथ्यांक प्रविष्ट गरेको जानकारी दिइएको छ ।
जग्गा दर्ता तथा पूर्जा वितरणका लागि बकैयाबाट ४३ भूमिहिन दलित तथा सुकुम्बासीको विवरण स्वीकृत भएर आएको जनाइएको छ ।
आयोगले हेटौंडाको वडा नम्बर ११, ९ र ७ को ८ सय भन्दा बढि, बागमतीको १, २ र ६ को १४० भन्दा बढिलाई पुर्जा वितरणको तयारी भईरहेको छ भने बकैयामा नापनक्सा कार्य भइरहेको जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता एवं भूमि आयोग मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, सदस्य अरूण रायमाझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज पौडेल, जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईं, वन कार्यालयका वन अधिकृत बसन्तराज गौतम, मालपोत कार्यालय मकवानपुरका प्रमुख ओमबहादुर अधिकारी , सचिव नापी कार्यालय मकवानपुरका प्रमुख खिमबहादुर राना लगायतको उपस्थिति रहेको थियोे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
नवरात्र: माता ब्रह्मचारिणीको पूजा आराधना
maa-brahmacharini-puja_ed-1728003763.jpg

१८ असोज, हेटौंडा ।  नवरात्रको आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन छ । माता...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1728003270.jpg

१८ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको...

चित्लाङ,थानकोट सडकखण्डमा शुक्रबार बिहानसम्म आवतजावतमा रोक
Screenshot_20241003_23001-1727975842.jpg

१७ असोज, हेटौंडा ।  त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको  (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...

संवेदनशील टोलको प्रगति माविलाई वाटर डिसपेन्सर
Screenshot_20241003_20544-1727968513.jpg

१७ असोज, हेटौंडा।  हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...

राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर
raprapa-1727964708.png

१७ असोज, हेटौंडा । राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले...

चुच्चेखोला सामुदायिक वनको बार्षिक साधारणसभा सम्पन्न
Screenshot_20241003_15575-1727950395.jpg

१७ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३५ औं बार्षिक साधारणसभा सम्पन्न...

बडादशैं शुरु, आज घटस्थापना
Ghatasthapana-1727927291.jpg

१७ असोज, हेटौंडा । नेपालीहरूको महान् पर्व बडादशैं आजबाट शुरु हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार...

आजदेखि पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने
img-04-1727926548.jpg

१७ असोज, हेटौंडा । सर्वोच्च अदालत आजदेखि बन्द रहने भएको छ। दशैंको अवसरमा आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1727926186.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून...

थप समाचार