Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

थाहानगरलाई पर्यटनकीय क्षेत्र बनाईनेः डीना

24257587_1472332542852051-1511963253.jpg

फाईल फोटो

१३ मंसिर ,हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले  थाहानगरपालिकालाई पर्यटक स्थलको रुपमा विकास गरी पर्यटनकीय क्षेत्र बनाईने बताईन।
लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तर्गत बुधबार थाहानगरपालिका ५ स्थित साविक दामनको पिङडाँडामा भएको कोणसभामा डिनाले आन्तरिक तथा बाह्य पर्यटकहरु मनोरञ्जन लिनको लागि दामन आउने भएकाले यस क्षेत्रलाई पर्यटक स्थलको रुपमा विकास गर्नुपर्ने औल्याएकी थिइन् । थाहानगरमा पर्यटकसँग सँगै रेमिट्यान्स पनि भित्रिने भएकोले देशको आर्थिक अवस्था पनि वृद्धि हुने डीनाले 
बताइन् । ‘राजनीतिमा महिला सहभागिता विशेष भूमिका रहन्छ’ डिनाले भने –‘मकवानपुर रहेको गाउँपालिकामा सुत्केरी महिलालाई निःशूल्क एम्बुलेन्सको   व्यवस्था गर्ने छाँै ।’ प्रजातन्त्र पुनस्थापनापछि मकवानपु्रमा बामपन्थीहरुले निरन्तर जित्नै आएपनि विकास नभएको डिनाले बताइन् । संविधान र लोकतन्त्र जोगाउनको लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको उनको दाबी छ ।

त्यसैगरि प्रतिनिधिसभा क्षेत्र नम्बर २  ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले मकवानपुरको उत्तरी क्षेत्रलाई पर्यटन तथा तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरिने बताए ।

नेपाली काँग्रेस मकवानपुरका निर्वतमान सभापति तथा  क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपानेले लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति भएपनि लोकतन्त्र गठबन्धनले जित्नु अपरिहार्य रहेको बताए । उनले मकवानपुरमा बाम गठबन्धनले गफ मात्र गरेर समय बर्बाद गरेको आरोप लगाएका छन् । बुधबार लोकतान्त्रिक गठबन्धनले कोणसभा तथा घरदैलो कार्यक्रम आयोजना गरेको थियो ।

नेपाली काँग्रेस थाहानगरपालिका–५ का सभापति भीमबहादुर लामाको अध्यक्षताम भएको कार्यक्रममा प्रदेश सभा २ क का निर्वाचन परिचालक जयराम लामिछाने, नेपाली काँग्रेस मकवापनुर २ नम्वर क्षेत्रीय सभापति इश्वरनाथ पौडेल,  राप्रपा थाहानगरका सभापति हरेराम कार्कीलगायतको आतिथ्यता रहेको थियो । बुधबार चुनावी अभियान अन्तरर्गत लोकतान्त्रिक गठबन्धनले थाहानगरपालिका– ६ स्थित बज्रवाराहीमा कोणसभा तथा घरदैलो कार्यक्रम आयोजना गरेको थियो ।
    


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार