Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सम्बृद्धि सम्भव : मुख्य मन्त्री पौडेल

FB_IMG_1539181760747-1539181811.jpg

 

२४  असोज, हेटौडा । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सम्बृद्धि सम्भव रहेको बताएका छन् ।

मकवानपुरको उत्तरी क्षेत्रको ऐतिहासिक स्थल टिष्टुङमा पहिलो पटक बुधबारबाट सुरु भएको टिष्टुङ महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धीको एउटा महत्वपूर्ण पक्ष पर्यटन क्षेत्र पनि भएको बताए ।

उनले पर्यटन मार्फत् प्रशस्त रोजगारी सृजना गर्न सकिने बताउँदै प्रदेश निर्माणका लागि पर्यटन क्षेत्रको अत्याधिक विकास र प्रबद्र्धन गर्न प्रदेश सरकार तयार रहेको दावी गरे । मकवानपुरका ग्रामिण क्षेत्रहरु पर्यटनका लागी सम्भावना युक्त रहेको जिकिर गर्दै उनले गाउँहरुमा व्यवस्थित रुपमा होम स्टे सञ्चालन गर्नुपर्नेमा जोड दिए । शनिवारसम्म संचालन हुने मेलाको उदघाटन समारोहअघि गोपाली समुदायले लाखे नाचलगायत विभिन्न किसिमका झा“की प्रदर्शन गरेका थिए । उक्त अवसरमा ऐतिहासिक टिष्टुङको वारेमा जानकारी दिने उद्देश्यले लेखिएको पुस्तकको विमोचन समेत गरिएको छ । कार्यक्रममा राष्ट्रिय सभाको प्रत्यायोजन व्यबस्थापन सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले ऐतिहासिक स्थानको विकास गर्न पर्यटन क्षेत्रको विकासमा लगानी बृद्धी गर्नुपर्ने जोड दिए । यस्तै प्रतिनिधी सभाका संसद विरोध खतिवडाले मेला, महोत्सवले मौलिक पहिचान संरक्षण र प्रबद्र्धनमा भुमिका खेल्नुपर्नेमा जोड दिदै पर्यटकीय क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । मेला उद्धघाटन कार्यक्रममा प्रदेश सभा सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष अनन्त पौडेललगायतले समृद्धीको आधार पर्यटन, कृषि भएको बताउँदै मेला, महोत्सव मार्फत् स्थानीय प्रतिभा र उत्पादनको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।  चार दिनसम्म संचालन हुने महोत्सवमा १ सय ६० वटा स्टल राखिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार