कैलाश गाउँपालिका

बालुवा चालेर कपिकलमको जोहो

Balbalika-1497940184.jpg

६ असार, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिका जलुके र खोलाखर्कका बालबालिका बालुवा चालेर कपिकलमको जोहो गर्ने गरेका छन् । 
बालबालिकाहरु बिदाको दिन नियमित रुपमा बालुवा चाल्न जलुके र खोलाखर्कको सिमानामा रहेको खोलामा आउने गरेका हुन् । छ्याङ्दुङमा रहेको कमला मावि र जलुकेमा रहेको साङ्गे छयोलिङ आधारभुत विद्यालयका १५ देखि २० जना विद्यार्थीहरु यसरी बालुवा चाल्न आउने गरेको स्थानीय एक बृद्धले बताए । ‘बालुवा चालेर कमाएको पैसाले कपिकलम किन्ने गरेका छौं ।’–स्थानीय क्षितिज लामाले भने । 
आफुहरु समूह बनाएर बालुवा चाल्ने गरेको र एक बोराको ३० रुपैँया कमाउने गरेको कमला माविमा कक्षा २ मा अध्ययनरत प्रदिप योञ्जनले बताए । दिनमा ४ देखि ५ बोरा बालुवा चाल्ने गरेको उनीहरुको भनाई छ । घरायसी आर्थिक अवस्था कमजोर भएकाले यस क्षेत्रका केही बालबालिका विद्यालय नगई बालुवा चाल्ने काममा आउने गरेको स्थानीयको भनाई छ । 
खोलखर्क पुगेका जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले विद्यालय नगई बालुवा चालिरहेका बालबालिकालाई विद्यालय जान सुझाव दिएका थिए । स्थानीय अगुवाहरुलाई बालबालिकालाई अध्ययनमा लगाउन थापाले आग्रह गरे । तामाङ, मगर र गुरुङ समुदायको बसोबास रहेको यस क्षेत्रमा धेरै बालबालिका विद्यालय नगई घरायसी काम, खेतिपाति र मजदुरीमा जाने एक विद्यालयका शिक्षकले बताए । 
बालबालिकाका नाममा ‘डलर खेति’ गर्ने संघसंस्था दुगर्ममा पुग्ने नगरेको ति शिक्षकको गुनासो छ ।


सम्बन्धित समाचार

loading...
Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

सल्यानमा  बस दुर्घटना हुदा २ को मुत्यु
Accident-1499161093-1516620447.jpg

 ८ माघ, सल्यान । सोमबार सल्यानमा  बस दुर्घटना हुदा २ जनाको ज्यान भएको छ । रुकुमबाट दाङ जाँदै गरेको ना ५ ख ५३१...

 श्रीपञ्चमीमा मोडर्नको  विविध कार्यक्रम
27144877_2036214106657220-1516619267.jpg

८ माघ, हेटौँडा । हेटौँडा ९ पशुपतिनगरमा रहेको हेटौँडा मोडर्न ईङ्लिस बोडिङ् स्कुलले श्रीपञ्चमी को   अवसरमा विविध...

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ
saraswati-1516586454.jpg

८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको...

एन्फाले भन्यो – मकवानपुरको चुनाव मान्यता प्राप्त छैन
ANFA-1516585979.jpg

८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन...

थप समाचार