Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

 कैलाशमा स्वास्थ्यको क्षेत्रको कार्ययोजना तर्जुमा कार्यक्रम

370580566_553500560218231-1693223932.jpg

११ भदौँ,हेटौँडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले स्वास्थ्यको क्षेत्रको कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । आइतबार र सोमबार गरी दुई दिन  स्वास्थ्यको क्षेत्रमा भएका प्रगति तथा चालु वर्ष ०८०÷८१को वार्षिक कार्ययोजना तर्जुमा गरेको हो । गाउँपालिका प्रमुख लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कैलाशको स्वास्थ्य शाखाको आयोजना भएको कार्ययोजना तर्जुमा कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान रहेका थिए । 
आर्थिक बर्षमा संचालन हुने खोप सेवा÷बालरोग व्यवस्थापन सेवाको अवस्था राम्रो सुधार भएको, क्षयरोगी,कुष्ठरोगीमा कमी, संस्थागत सेवामा सुधार, वर्थिङ सेन्टर सेवा राम्रो, बाल तथा मातृ मुत्युदरमा कमी, परिवार नियोजन सेवाको पहुँच बढ्दै गएको र गाउँपालिकामा पोषणको अवस्था कमजोर रहेको स्वास्थ्य संयोजक कृष्ण कुमार यादवले प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । 
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष मुक्तानले पूर्ण प्रविधिमैत्री स्वास्थ्य संस्था, पोषण प्रवद्र्धन गर्दै गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था बनाउने लक्ष्य रहेकोे बताए । उनले पोषणमैत्री स्वास्थ्य संस्था बनाउन स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी पदपूर्ति गर्ने र स्वास्थ्य सेवामा मुस्कान सहित सेवा प्रदान गर्ने कुरा नीति तथा कार्यक्रममा प्रस्तुत गरिएकोले त्यस कार्यमा आफ्नो प्रतिवद्धता गरेका बताए । तजर्Þुमा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय प्रमुख अशोक विष्ट, सहित विभिन्न शाखाका प्रमुखको सहभागिता रहेको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी तथा पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार