२५ असोज,हेटौँडा । भौगोलिक विकटताको कारण सहज र सुलव स्वास्थ्य सेवाको पहुचबाट बञ्चित मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएको छ । बुधबारबाट गाउँपालिकाको वडा नम्बर ७ मा रहेको ङिको स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएसंगै भौगोलिक विकटताका कारण सहज स्वास्थ्य सेवाको पहुचबाट बञ्चित कैलाशमा भिडियो एक्सरे सहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टर कार्यको सुरुवात भएको हो ।
बुधबार एक समारोहका बिच गाँउपालिका अध्यक्ष लोक बहादुर मोक्तानले एक्सरे सहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको ङको स्वास्थ्य चौकीमा गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम अन्तरगत पहिलो कार्यक्रमको सुरुवात गरिएको हो । विकट रहेको कैलाश गाउँपालिका त्यसमा पनि चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेकोले पनि नियमित गर्भवती परिक्षण नगर्ने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञका साथ भिडियो एक्सरे सेवा सुरु गरिएको वडा ७ का वडा अध्यक्ष उदास भ्लोनले बताएका छन् । नयाँ वर्थिङ सेन्टरबाट बुधबार ४० जना गर्भवती महिलाले आफ्नो गर्भावस्था परिक्षण गरिएको डाक्टर विदुर भण्डारीको टोलीले गर्भवती महिलाले गर्भावस्था परिक्षण गरेको वडाध्यक्ष भ्लोनले जनाएका छन् ।
गाउँपालिकाले वार्षिक कार्यक्रमै समेटिएर यो कार्यक्रम गरेका गरिएको गाँउपालिका अध्यक्ष लोक बहादुर मोक्तानले बताएका छन् । पालिकाका प्रत्येक गर्भवती महिलाले सुरक्षित आफ्नो गर्भावस्था जाँच सेवा प्रदान गर्ने र हेटौंडा अस्पतालका डाक्टर विदुर भण्डारीसँगको सहकार्यमा महिनाको दुई पटक गाउँपालिकामा उक्त सेवा दिने अध्यक्ष मोक्तानले बताएका छन् । त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णकुमार यादवले स्त्री रोग विशेषज्ञले पालिकाको स्वास्थ्य चौकीबाटनै सेवा प्रदान गरिने बताए । यादवले पालिकामा वडा नम्बर २,३,५,८,९ मा यस अघिनै वर्थिङ सेन्टर सञ्चालन भइसकेको बताए । कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, डाक्टर विदुर भण्डारी, स्वास्थ्य संयोजक कृष्ण कुमार यादव लगायतको आतिथ्यता रहेको थियो ।
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







