२९ भदौ,हेटौँडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिमा हेटौंडा जेसीजको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । कैलाश वडा नम्वर– ३ कटुन्जेमा हेटौंडा जेसीजको आयोजना तथा कैलाश गाउँपालिका,नेपाल परिवार नियोजन संघ मकवानपुर,हेटौँडा सामुायीक आखाँ अस्पताल, निको अस्पताल र पुजा डेन्टलको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख अतिथ्यता र हेटौंडा जेसीजका अध्यक्ष श्रवण कुमार बर्तौलाको अध्यक्षतामा भएको बृहत स्वास्थ्य शिविरमा १७६ जना स्थानीयको आँखा परीक्षण गरिएको थियो भने १६ जनामा मोतिविन्दुको समस्या देखिएकोले थियो । शिविरमा ७६ जना पाठेघरको भिआइए इस्क्रिनको सेवा लिएका मध्ये ६५ जनालाई पाठेघरको मुखमा यौनजन्य समस्या देखिएको र २ जनालाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको ,त्यसैगरी एक जनाको पिसाब थैली झरेको फेला परको थियो भने ५९ जनाले दन्त परीक्षण गराएको जसमा ७ जनाको दाँत निकालिएको हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत वर्तौलाले बताए । शिविर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अध्यक्ष मुक्तानले यस्ता खाले शिविर दूरदराजमा रहेका जनताको स्वास्थ्य सेवामा ठूलो टेवा पुग्ने बताए । शिविरमा कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल जेसीजका अरुण कुमार दाहाल, कविन सांगामी कृष्णबहादुर कार्की, बसन्त कप्रौला, एसिस रिजाल, विवेक आनन्द न्यौपाने, मकवानपुर क्याम्पस स्ववियु सभापति छाइसाङ लामा, सिनियर अनमी आशा कुमारी गुरुङ स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवलगायतको आतिथ्यता रहेको थियो ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















