Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम

Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ । गाउँपालिकाले वडा तहसम्म न्यायमा पहुँच अभिबृद्धिका लागि वडा वडामा न्यायिक समिति कार्यक्रम संचालन गरिरहेको हो ।
पालिकाले बार्षिक कार्यक्रम अन्तरगत फागुन ११ गतेदेखि २१ गतेसम्म पालिकाका सबै वडामा पुगेर कार्यक्रम गर्ने भएको छ । वडाबासीलाई सहज र सरल रूपमा न्यायमा पहुँच पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको न्यायिक समिति संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले जानकारी दिए । कार्यक्रममार्फत संविधानको धारा २१७ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४६ र ४७ ले दिएको न्यायिक समितिको क्षेत्राधिकार र प्रक्रियाको बिषयमा जानकारी गराउनुका साथै क्षेत्राधिकार बाहिरका मुद्धामा कसरी न्याय प्राप्त गर्ने भन्ने बारेमा अवगत गराईएको उनको भनाई छ ।
कार्यक्रममा सहभागी वडाका नागरिकले न्यायिक समितिको काम, प्रक्रिया लगायतका बारेमा वडामै आएर जानकारी गराउँदा आफुहरुलाई सहज भएको बताएका छन् । उनीहरुले बार्षिक रुपमा यस्तो कार्यक्रमलाई निरन्तरता दिंदै अझ टोल तहसम्म पुर्याउन सुझाव दिएका छन् । कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, न्यायिक सहजकर्ता लगायतको सहभागिता रहने गरेको छ ।

Kailash-Photo2-1709099353.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार